४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटको १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा



अ+ अ-

काठमाडौं । विभिन्न समयमा भएका क्रिकेट प्रतियोगिताको पूर्व घोषित नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ ।

तीन प्रतियोगिताको पूर्व घोषित १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिनु भयो ।

गत बैशाख ५ देखि १८ गतेसम्म भएको एसीसी पुरुष प्रिमियर कपका लागि ७९ लाख, २०७९ साल फागुन १२ देखि १८ गतेसम्म भएको आईसीसी यु–१९ पुरुष सीडब्लुसी– एसिया क्लालिफायरका लागि ४६ लाख र आईसीसी सीडब्लुसी लिग– २ का लागि ३२ लाख ५० हजार नगद पुरस्कार निकासा भएको हो ।

सदस्य–सचिव घिसिङले पुरस्कार पाउने खेलाडीलगायतलाई बधाइ दिदै पुरस्कारका लागि नेपाल सरकारका प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माननीय युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई धन्यवाद दिनु भयो ।

साथै सदस्य–सचिव घिसिङले शुक्रबार मूलपानीमा भएको ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा युएइलाई ८ विकेटले हराउदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि स्थान सुरक्षित गर्न सफल नेपाली टोलीलाई बधाइ दिदै फाइनलमा सफलताका लागि शुभकामना समेत दिनु भएको छ ।