• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

युएईविरुद्ध आसिफको अर्धशतक



काठमाडौँ । नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेखले युएईविरुद्ध अर्धशतक बनाएका छन् ।

आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल अन्तर्गत माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा उनले ३९ बलमा अर्धशतक बनाएका हुन् ।

उनले ६ चौका र १ छक्का प्रहार गरे । १३५ रनको लक्ष्य पछ्याएको नेपाल ताजा स्थितीमा १३ ओभरमा २ विकेटको क्षतिमा ९३ रनको स्थितीमा छ ।