२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनको असरबारे गम्भीर होउँ : अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौ । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललले सयुक्त राष्ट्रसंघका महासचिब एन्टोनिय गुटरेको हालैको नेपाल भ्रमणले जलवायु परिवर्तनले पारेको असरबारे विश्व समुदायको ध्यानआकर्षण गर्न सफल भएको बताउनु भएको छ ।

नेपाल फ्रेडसीप ग्यादरिङ नामक संस्थाले आयोजना गरेको कार्यक्रमममा नेता नेपालले महासचिब गुटसेरको भ्रमणले लुम्बिनीबाट शान्तिको सन्देश र सगरमाथा आधार शिविरबाट जलवायु परिवर्तका कारण परेको असरबारे विश्वको ध्यान खिच्न सफल भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो “महासचिवको भ्रमण आफैमा ठूलो उपलब्धी हो त्यसमा पनि विश्व शान्ति र जलवायु परिवर्तनका बारेमा विश्व समुदायमा पुगेको सन्देश अर्काे उपलब्धी हो ।”

आफू प्रधानमन्त्री हुदा जलवायु परिवर्तनको एजेन्डा बोकेर २०६६ मंसिर १९ गते सगरमाथाको आधार शिविरमा मन्त्रिपरिषद्को बैठक राखेको स्मरण गर्दै उहाँले कार्वन उत्सर्जनका बिषयमा गम्भिर हुन सबैलाई आग्रह गर्नुभयो ।

उहाँले बैठक पनि सो क्षेत्रको ढुङ्गा तत्कालीन अमेरिककी राष्ट्रपति बाराक ओवामालाई समेत उपहार समेत दिएको स्मरण गर्दै २०६६ मंसिर २२ देखि पुस ३ सम्म डेनमार्कको राजधानी कोपेनहेगनमा भएको विश्व जलवायु सम्मेलनमा प्राथमिकताका साथ कुरा राखेको जनाउनु भयो ।

कोपेनहेगन बैठकमा नेपालले जलवायु परिवर्तनका कारण नेपाल र पर्वतीय देशमा देखिएको संकटबारे विश्वलाई ध्यानाकर्षित गराएको उहाँले बताउनुभयो ।

कालापत्थरमा मन्त्रिपरिषद्को बैठक गर्दा प्रधानमन्त्री माधव नेपाल, पर्यटनमन्त्री शरतसिंह भण्डारी र वनमन्त्री दीपक बोहरा रहनुभएको थियो । बैठकले जलवायु परिवर्तनबारे १० बुँदे सगरमाथा घोषणापत्र जारी गरेको थियो ।

सो बैठकमा तत्कालीन सरकारका २३ मन्त्री सहभागी थिए । नेपालले कालापत्थरमा बैठक गर्नुअघि मालदिभ्सले समुद्रमुनि बैठक गरेर विश्वको ध्यान खिचेको थियो ।

कार्यक्रमको संयोजक समूह मध्येका एक ताज मोहम्मद मियाका अनुसार फ्रेन्डसिप ग्यादरिङ नेपाल भारत, उत्तरी सुडान, नर्वे, अमेरिका लगायतका मुलुक अभियन्ता तथा सासंसदहरु प्रतिनिधि छन् ।

बिभिन्न मुलुकबाट नेपाल आएका प्रतिनिधिले जलवायु परिवर्तन, शान्ति र स्थिरता तथा मानब बेचबिखन बिरुद्धको अभियानमा एक अर्का मुलकसँग कसरी सहकार्य गर्न सकिन्छ भनेर छलफल गर्नेछन् ।