१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

राज्य सञ्चालनको कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन सबै गम्भिर हुनुपर्छ: सभामुख घिमिरे

राज्य सञ्चालनको कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन सबै गम्भिर हुनुपर्छ: सभामुख घिमिरे
अ अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले राज्य सञ्चालनको कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन सबै गम्भिर हुनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठक समापन गर्नुअघि बोल्दै सभामुख घिमिरेले संसदलाई लोकतन्त्रलाई थप योगदान दिन सक्नेगरी अभ्यास गराउनुपर्ने बताउनु भयो ।

उहाँले राज्य सञ्चालनको कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन सबै गम्भिर हुनुपर्ने बताउनु भयो । उहाँले विगतको अनुभवहरुबाट आगामी दिनका संसदीय गतिविधिहरुलाई प्रभावकारी बनाउँदै लानुपर्ने बताउनु भयो । उहाँले चालु अधिवेशनमा संसदीय काम, कारबाहीले गति लिएका पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘माननीय सदस्यहरु, प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य हुँदै गर्दा माननीय सदस्यहरुले आज राख्नुभएका समिक्षात्मक अभिव्यक्तिप्रति मेरो पनि गम्भिर ध्यानाकर्षण भएको छ । हामीले चालु अधिवेशनबाट प्राप्त गरेका अनुभव र अभ्यासबाट शिक्षा लिँदै आगामी दिनका संसदीय गतिविधिहरु प्रभावकारी बनाउँदै लैजानुपर्दछ । संसद प्रभावकारी बनाउने दायित्व सरकार, संसदको नेतृत्व, राजनीतिक दल र माननीय सदस्यहरुको हो ।

चालु अधिवेशनमा संसदीय काम, कारबाहीले गति लिएका छन् । समितिहरुले सक्रियतापूर्वक काम शुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीहरुसँगको प्रश्नोत्तरलाई नियमित र व्यवस्थित गर्ने अभ्यास शुरु गरिएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसदलाई आगामी दिनमा लोकतन्त्रलाई थप योगदान दिन सक्नेगरी अभ्यास गर्न, राज्य सञ्चालनको कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन हामी सबै गम्भिर हुनैपर्ने कुरा राख्न चाहन्छु ।’

संघीय संसदको दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने भएको छ ।