१४ आश्विन २०८१, सोमबार
,
Latest
आईपीएलमा बिक्रि भएका विदेशी खेलाडीले प्रतियोगिता नखेले २ वर्षसम्म प्रतिबन्ध लगाइने सिधाकुरा प्रकरणमा सर्वोच्चको आदेश बारे पत्रकार महासंघको यस्तो छ दृष्टिकोण खोलाले बगाएका चौधरीको शव भेटियो फसेका दुई अन्तरिक्षयात्री लिन गएको यान अन्तरिक्ष स्टेशनमा जोडियो बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित साहासिक उद्दारकर्ता चणिकलाललाई बागमती सरकारले डेढलाख नगदसहित सम्मान गर्ने एनपिएलः सुदूरपश्चिमको लोगो र नाम सार्वजनिक प्राकृतिक विपत्तिबाट जनधनको क्षतिलाई न्यून पार्ने उपाय अपनाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह पठन संस्कृति विकासका लागि साझाको पुस्तक प्रदर्शनी जारी काठमाडौं उपत्यकामा दशैंको दुई दिन मात्रै पेट्रोल पम्प बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालु संसदको अधिवेशन आज राति १२ बजेबाट अन्त्य गर्ने सरकारको निर्णय



अ+ अ-

काठमाडौं । सरकारले (आज) बिहीवार राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मन्त्रीपरिषद्को बैठकले आज राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने नर्णय गरेको बताउनु भयो ।

उहाँकाअनुसार सरकारले राधिका अर्याललाई प्रशासनिक र विश्वबाबु पुडासैनीलाई प्राविधिक सचिवमा बढुवा गरेको छ ।

उहाँले भन्नुभयो, ‘मन्त्रीपरिषद्को बैठकले आज राति १२ बजेबाट चालु संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सिनियारिटीको हिसावले राधिका अर्याल प्रशासनिक र विश्वबाबु पुडासैनीलाई प्राविधिक सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने र उपभोक्ताहरुलाई सास्ती दिने जस्ता कतिपय कुराहरु सरकारले पाएको छ । सम्बन्धित मन्त्रालयले अनुगमन गर्ने र जनतालाई दुःख दिने खालको र मूल्य भन्दा बढी लिने खालको अनुगमन, नियन्त्रण र कारबाही गर्ने निर्णय भएको छ ।’

बजारमा कृत्रिम अभाव सिर्जना गरी चिनीको मूल्यवृद्धि गर्ने र उपभोक्ताहरुलाई सास्ती दिने काम भइरहेकोप्रति सरकारले सम्बन्धित मन्त्रालयलाई अनुगमन, नियन्त्रण र कारबाही गर्न निर्देशन दिएको छ ।