• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय

साइबर ब्यूरो जाने तयारीमा सन्दीप लामिछाने



काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने साइबर ब्यूरो जाने भएका छन् । एक सार्वजनिक टेलिभिजन कार्यक्रममा आफूबारे दिइएको अभिव्यक्तिलाई लिएर लामिछाने नेपाल प्रहरीको साइबर ब्यूरो जाने भएका हुन् ।

गत शनिबार नेपाल नेटवर्क टेलिभिजन तथा ओएसआर रियालिटी युट्युब च्यानलमा प्रसारण भएको ‘आम्मा कसम याँ दुख्छ’ कार्यक्रममा अतिथिका रूपमा आएकी सावित्रा सुवेदी ‘जयनारी’ले लामिछानेलाई ‘वध गर्नुपर्ने’ अभिव्यक्ति दिएकी थिइन् ।

कार्यक्रम प्रस्तोता बिक्की अग्रवालले लामिछानेको फोटो देखाएपछि सावित्राले उनीमाथि गम्भीर टिप्पणी गर्दै ‘वध गर्नुपर्ने’ सम्मको अभिव्यक्ति दिएकी थिइन् ।

बलात्कार आरोपको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा मुद्दालाई प्रभावित पार्ने, व्यक्तिको मानमर्यादा गिराउने र वध गर्नुपर्ने भन्ने जस्तो गम्भीर अभिव्यक्ति टेलिभिजन कार्यक्रममा सामान्य तरिकाले टिप्पणी गरिएको भन्दै कानूनी उपचार खोज्‍ने सन्दीपको तयारी छ ।

कार्यक्रमका निर्माता, प्रसारण भएको संस्था, प्रस्तोता तथा बोल्नेविरुद्ध मुद्दा दायर गर्ने तयारी भइरहेको सन्दीप निकटस्थ स्रोतले जनाएको छ ।