१० असार २०८३, बुधबार
,
Latest
राजधानीका टोलटोलमा फिल्म महोत्सव तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए कांग्रेसले १५औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यता अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुन नसक्दा निर्वाचन प्रक्रिया थप लम्बिने प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न रास्वपा महाधिवेशन: तातेको निर्वाचन माहोल- फोटो फिचर छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा उत्पादित सुपारी विश्वबजारमा निर्यात गर्नसक्ने वातावरण बनाउन सरकारलाई निर्देशन



अ+ अ-

काठमाडौँ । नेपालमा उत्पादित सुपारी उत्पत्तीको प्रमाणपत्र जारी गर्न ल्याब टेष्ट लगायतको व्यवस्था गरी विश्वबजारमा निर्यात गर्नसक्ने वातावरण बनाउन कृषि समितिले सरकारलाई निर्देशन दिएको छ ।

बुधवार बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

समिति सभापति अब्दुुल खानले नेपालमा उत्पादन भएका सुपारी उत्पत्तीको प्रमाणपत्र जारी गर्न ल्याब टेष्टको व्यवस्था गरी नेपाली उत्पादन विश्वबजारमा निर्यात गर्न सक्ने वातावरण मिलाउन सरकारलाई निर्देशन दिनुभयो । उहाँले सुपारी खेतीतर्फ किसानहरुको आकर्षण बढ्दै गएको भन्दै सरकारी निकायहरुबाट सुपारी खेतीलाई अपेक्षित रुपमा प्रवद्र्धन गर्ने कार्य नपाइएकाले सरकारले आगामी १६ औं योजना तर्जुमा गर्दा सुपारी खेतीलाई प्रवद्र्धन गर्नेतर्फ नीतिगत व्यवस्था गर्न पनि निर्देशन दिनुभयो ।

उहाँले सुपारी खेतीलाई कृषिजन्य वस्तुको रुपमा सूचिकृत गर्ने र सरकारले कृषि उपजमा उपलब्ध गराउने अनुदान रकम वा सुविधा सहुलियतपूर्ण कर्जाको व्यवस्था सुपारी किसानले पनि पाउने व्यवस्था गर्र्र्न निर्देशन दिनुभयो । उहाँले सुपारी प्रशोधनको लागि आवश्यक यान्त्रिक उपकरणको प्रयोग गरी गुणस्तरीय सुपारी तयार गर्न सहयोग पुग्ने भएकाले सुपारी किसान समूह र सुपारी सहकारी समूहलाई अनुदानको व्यवस्था सरकारले मिलाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ सुपारी खेतीतर्फ किसानहरुको आकर्षण बढिरहेको छ । सरकारी निकायहरुबाट सुपारी खेतीलाई अपेक्षित रुपमा प्रवद्र्धन गर्ने कार्य नपाइएकाले सरकारले आगामी १६ औं योजना तर्जुमा गर्दा सुपारी खेतीलाई प्रवद्र्धन गर्नेतर्फ नीतिगत व्यवस्था गर्न कृषि पशुपंक्षी मन्त्रालयलाई निर्देशन दिन्छौं । सुपारी खेतीलाई कृषिजन्य वस्तुको रुपमा सूचिकृत गर्ने र सरकारले कृषि उपजमा उपलब्ध गराउने अनुदान रकम वा सुविधा सहुलियतपूर्ण कर्जाको व्यवस्था सुपारी किसानले पनि पाउने व्यवस्था गर्र्र्न,सुपारी प्रशोधनको लागि आवश्यक यान्त्रिक उपकरणको प्रयोग गरी गुणस्तरीय सुपारी तयार गर्न सहयोग पुग्ने भएकाले सुपारी किसान समूह र सुपारी सहकारी समूहलाई अनुदानको व्यवस्था मिलाउनु,सुपारी किसानहरुलाई सुपारीको उन्नत बीउ,मल खाद,प्रविधि र जनशक्ति लगायत सुपारी उत्पादनलाई अभिवृद्धि गरी कार्यक्रम सञ्चालन गराउने,सुपारी उत्पादनको एकिकृत तथ्याङ्क सङ्कलन गर्ने कार्य किसान प्रतिनिधिहरुको संग्लनतामा गर्ने,नेपालमा उत्पादन भएका कृषिजन्य वस्तुहरुको उत्पतिको प्रमाणपत्र जारी गर्न ल्याब टेष्ट लगायतको व्यवस्था गरी नेपाली उत्पादन विश्वबजारमा निर्यात गर्नसक्ने वातावरण नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास र उद्योग मन्त्रालयलाई निर्देशन गर्दछ । नेपालमा उत्पादन भई विदेशमा निकासी हुने सुपारीको उत्पतिको प्रमाणपत्र जारी गर्ने व्यवस्था कार्यविधि २०६८लाई परिमार्जन गर्न निर्देशन दिने ।’

उहाँले सुपारी किसानहरुलाई सुपारीको उन्नत बीउ,मल खाद,प्रविधि र जनशक्ति लगायत सुपारी उत्पादनलाई अभिवृद्धि गरी कार्यक्रम सञ्चालन गराउन पनि निर्देशन दिनुभयो । उहाँले सुपारी उत्पादनको एकिकृत तथ्याङ्क सङ्कलन गर्ने कार्य किसान प्रतिनिधिहरुको संग्लनतामा गर्न सरकारको ध्यानाकर्ष गराउनु भयो ।