२२ मंसिर २०८२, सोमबार
,
Latest
प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिकबाट सांसद बनाउँदा संविधानको ठाडो उल्लंघन गरियो: सभापति लामिछाने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित गर्दा संविधानको ठाडो उल्लंघन भएको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले संविधानको मर्म विपरित धनाढ्य व्यक्तिहरुलाई समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनाइएको बताउनुभएको हो ।

उहाँले महिलाको कोटामा शक्तिशाली राजनीतिक दलका नेताका परिवारका सदस्यहरु नियुक्त भइरहेका बताउनु भयो । उहाँले सबै समूहबाट वर्षौंदेखि राजनीतिमा स्थापित भइसकेको शक्तिशाली व्यक्तिहरु नै समानुपातिकबाट सांसद हुने गरेका भन्दै यसले संविधानको ठाडो उल्लंघन भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘जनजातिको नाममा धनाढ्य व्यक्तिहरु जसको उपस्थिति ब्राण्डेड लुगा लगाएर पछिल्लो सिटमा बस्ने, आउने जाने बाहेक हामीले देख्न पाएका छैनौँ । नीति निर्माणमा उहाँहरुले मनमनै योगदान दिनुभएको छ होला । त्यो देख्न पाएको छैन । त्यसैगरी शक्तिशाली राजनीतिक दलका परिवारका सदस्यहरु महिलाका कोटामा आएका छन् । दलित, मधेसी, थारु, मुस्लिम लगायतका समूहबाट पनि शक्तिशाली व्यक्तिहरु वर्षौंदेखि राजनीतिमा छन् र वर्षौंदेखि स्थापित भइरहेकाहरु नै आएका छन् । र पटक पटक मन्त्री भएका नेता यही प्रणालीबाट सांसद भएका छन् । संविधानको ठाडो उल्लंघन भएको हामी सबैलाई थाहा छ ।’

उहाँले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउनका लागि निर्वाचन आयोगलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै त्यसका निम्ति आफूहरु सांसदको रुपमा भुमिका खेल्न तयार रहेको बताउनु भयो ।