३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंका संस्कृति–सम्पदालाई विश्वमा चिनाउने एकमात्र माध्यम चलचित्र क्षेत्र: उपप्रमुख डंगोल



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौं उपत्यकाका संस्कृति र सम्पदालाई विश्वमा पुर्‍याउने एकमात्र माध्यम चलचित्र क्षेत्र रहेको बताउनुभएको छ ।

राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौंलाई ‘फिल्मको रचनात्मक शहर’ को रुपमा सूचिकृत गरेसँगै बुधवार काठमाडौं महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले युनेस्कोले काठमाडौंलाई ‘फिल्मको रचनात्मक शहर’ को रुपमा सूचिकृत गर्नुले झनै चुनौति थपिएको बताउनु भयो । उहाँले काठमाडौं आफैँमा क्रिएटिभ शहर भएको बताउनु भयो । उहाँले खानेकुरा, संगीत, डिजाइन, सबै क्षेत्रमा काठमाडौं रचनात्मक शहर भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हिजोमात्रै रिजल्ट आउट भएको छ, काठमाडौं युनेस्को क्रिएटिभ सिटिज नेटवर्कमा एउटा सिटी छानिएको छ । ५५ वटा नयाँ सिटी छानिएको थियो । काठमाडौं आफैँमा क्रिएटिभ सिटिज हो । यो एउटा मात्रै सेक्टर भनेर भन्न सक्दैनौँ, खानेकुरा, संगीत, डिजाइन, सबै क्षेत्र हेर्दा सबै कुरामा क्रिएटिभ छ । ऐतिहासिक रुपमा नै । काठमाडौंको कला, डिजाइन, फिल्म सब सम्पदाहरु सबैलाई विश्वमा देखाउन फिल्म नै एउटा माध्यम हो भन्ने लागेपछि यो विधा छानेका थियौँ । यो हाम्रो लागि एउटा अवसर पनि हो ।’

उपप्रमुख डंगोलले काठमाडौंको कला, डिजाइन, फिल्म लगायत सांस्कृतिक सम्पदाहरु विश्वमा देखाउन चलचित्र क्षेत्र नै एकमात्र माध्यम भएको जिकिर गर्नुभयो ।