२५ भाद्र २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको टप फोरको झिनो आशा, बंगलादेश बाहिरियो विश्वकपबाट



पाकिस्तानी बलर शाहिन अफ्रिदी
अ+ अ-

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा पाकिस्तानसँग पराजित भएसँगै विश्वकपको सेमिफाइनल प्रवेश गर्ने बंगलादेशको आशा समाप्त भएको छ, र विश्वकपबाट बाहिरिने पहिलो टिम बनेको छ ।

कोलकाताको इडेन गार्डेनमा भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको थियो । यो जितसँगै पाकिस्तानले सात खेलबाट ६ अंक हासिल गरेको छ, र टप फोरमा प्रवेश गर्ने सम्भावना जीवितै राखेको छ ।

टस जितेर बंगलादेशले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । तर पाकिस्तानी धारिलो बलिङसामु बंगलादेश निरिह भएको थियो । बंगलादेशले ४५.१ ओभर खेल्दै सबै विकेट गुमाएर २०४ रन मात्र बनाएको थियो ।

बंगलादेशका लागि लिटोन दासले ४५, महमुदुल्लाहले ५६, कप्तान शकिब अल हसनले ४३, हसन मिराजले २५ रन बनाएका थिए । अन्य ब्याट्सम्यान सबै सस्तैमा पवेलियन फर्केका थिए ।

पाकिस्तानी बलरहरु शहिन शाह अफ्रिदी र मोहम्मद वसिमले समान तीन तीन विकेट लिएका थिए भने ह्यारिस राउफले २, इफ्तिखर अहमद र उसमा मिरले समान एक एक विकेट लिएका थिए ।

२०५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२.३ ओभरमा तीन विकेट गुमाएर खेल जितेको थियो । पाकिस्तानका लागि ओपनरहरु अब्दुल्लाह शफिकले ६८ र फखर जमानले ८१ रनको पारि खेलेका थिए ।

कप्तान बाबर आजम ९ रन बनाएर क्याचआउट भएका थिए । मोहम्मद रिजवानले २६ र इफ्तिखर अहमदले १७ रन बनाए, उनीहरु दुबै अविजित रहे ।

उत्कृष्ट छ टिम

१. भारत – १२ अंक (६ खेल)
२. दक्षिण अफ्रिका – १० अंक (६ खेल)
३. न्युजील्यान्ड – ८ अंक (६ खेल)
४. अस्ट्रेलिया – ८ अंक (६ खेल)
५. पाकिस्तान – ६ अंक (७ खेल)
६. अफगानिस्तान – ६ अंक (६ खेल)