२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले कृषि अनुसन्धानलाई प्राथमिकता नदिएसम्म कृषिमा प्रगति हुन सक्दैन: सभापति राणा



अ+ अ-

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा.आरजु राणाले कृषि अनुसन्धानमा सरकारले प्राथमिकता नदिएसम्म कृषिमा प्रगति हुन नसक्ने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै सभापति राणाले यस्तो बताउनुभएको हो । उहाँले सरकारले छुटै बजेट छुट्याएर कृषि अनुसन्धानमा जोड दिन आवश्यक रहेको बताउनु भयो । उहाँले कृषिमा नयाँनयाँ प्रविधि र ल्यापहरुको समेत व्यवस्था गरी कृषिलाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले दुध उत्पादन किसान तथा अन्य किसानहरुको भुक्तानीमा सरकारले प्रमुख प्राथमिकता दिन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘कृषि मन्त्रालयले माछा उत्पादनको विकासलाई विशेष ध्यान दिनुपर्छ । उखु उत्पादनलाई पनि सरकारले विशेष ध्यान दिनुपर्ने हुन्छ । एउटा लडाई हुँदा ठूलो समस्या भयो अर्को लडाई होला जस्तो छ त्यसपछि हामीले के खाने भन्ने हुन्छ । हाम्रो १० लाख हेक्टर जमिनमा अहिलेसम्म खेती नै छैन । त्यो बाँझो जमिनलाई हामीले कसरी प्रयोग गर्ने भन्ने मापदण्ड तयार बनाउनुपर्छ । सरकारले किसानहरुको भुक्तानी सबैभन्दा पहिला गर्नुपर्छ । दुध वा अन्य किसानहरुलाई प्रमुख प्राथमिकतामा राखेर भुक्तानी गर्न ध्यानाकर्षण गराउँछौं । कृषि क्षेत्रको अनुसन्धानमा पैसा छैन । कृषि क्षेत्रको अनुसन्धान नभएसम्म नेपालमा कृषि क्षेत्रको प्रगति गर्न सक्दैनौं । सरकारले कृषि अनुसन्धानको लागि छुटै बजेटको व्यवस्था गर्नुपर्छ । यसमा कृषि ल्याप,नयाँ प्रविधि ल्याउने र बोर्डरको लागि ड्रोन प्रयोग गर्नु मिल्छ भने दुबै देशसँग समन्वय गरेर ड्रोन उडान आवश्यक छ ।’

उहाँले कृषि मन्त्रालयले माछा उत्पादनको विकासलाई विशेष ध्यान दिन आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले उखु उत्पादनलाई पनि विशेष ध्यान दिन निर्देशन गर्ने बताउनु भयो । उहाँले नेपालको १० लाख हेक्टर जमिनमा अहिलेसम्म पनि बाँझो रहेकाले बाँझो जमिनलाई कसरी प्रयोग गर्ने भन्ने मापदण्ड सरकारले तयार बनाउनुपर्ने बताउनु भयो ।