• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   खेल हेर्नलाई ट्रयाक्टर बेचेका पाकिस्तानी फ्यान भारतको जितपछि खुसी भए ★   सामाजिक न्यायका लागि जलवायु न्यायलाई बिर्सन मिल्दैनः राष्ट्रपति पौडेल ★   मम–चाउमिन जस्तै गरी सिमेन्ट–इँटा खान्छिन् यी महिला ★   दूध बिक्री गरेर आत्मनिर्भर बन्दै किसान ★   सरकारले सबै जमिन आफ्नो मातहत ल्याउने नीति बनाउनुपर्छ: मेटमणी चौधरी ★   इमरान खान, कुरेसीलगायत पिटिआई नेता आजादी मार्च मुद्दामा निर्दोष ठहर ★   ताप्लेजुङमा बाढीले पुल बगाएपछि सडक अवरुद्ध ★   बन्दीपुर केवलकार व्यावसायिक रुपमा सञ्चालन ★   टी–२० विश्वकप खेलाइएको न्युयोर्कको नासाउ काउन्टी स्टेडियम भत्काइँदै ★   नेपालबाट तीन अर्ब बढीको हस्तकला विदेश निर्यात

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव २९ अङ्कले घटेर एक हजार आठ सय ६४ दशमलव ४० को बिन्दुमा कायम भएको हो ।

विभिन्न दुई सय ८६ कम्पनीका २२ लाख ५८ हजार एक सय ८७ कित्ता शेयर २५ हजार छ सय २५ पटक खरिदबिक्री हुँदा रू ५७ करोड १४ लाख ८३ हजार दुई सय ७६ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएका छन् । सबैभन्दा धेरै जीवन बीमा समूह एक दशमलव ४६ र लघुवित्त समूह शून्य दशमलव ८४ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ०५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर मूल्यमा नौ दशमलव ९८ प्रतिशतको गिरावट देखिएको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रू एक करोड ७० लाख ११ हजार चार सय ७८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने प्रभु स्मार्ट फन्डको सबैभन्दा धेरै एक लाख १७ हजार तीन सय कित्ता शेयर किनबेच भएको छ । रासस