१५ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानेन्द्रलाई राजा घोषणा गर्न मागसहित शाही युवा शक्ति नेपालले मोटरसाईकल र्‍याली आयोजना गर्ने



अ+ अ-

काठमाडौं । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुन: राजा घोषणा गर्न दबाब दिने उद्देश्यले विशाल मोटरसाइकल र्‍याली गर्ने भएको छ ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति नेपालले गणतन्त्रको खारेजी र ज्ञानेन्द्रलाई तेस्रोपटक राजा घोषणा गर्नका लागि जनदवाब सिर्जना गर्न कात्तिक १८ गते विशाल मोटरसाईकल र्‍याली आयोजना गर्न लागिएको जानकारी गराएको हो । उक्त विशाल मोटरसाईकल र्‍याली मध्यान्ह साढे १२ बजे विजी महल अगाडिबाट सुरु हुने पनि बताइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै शाही युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपति खड्काले जनताले आफूहरुलाई राजा कहिले आउँछन् भनेर विशेष चासोका साथ सोधिरहेको बताए । राजा, राजसंस्था र हिन्दुराष्ट्रका लागि जनता स्वतस्फूर्त सडकमा आउन आवश्यक रहेको उनले बताए । अहिलेका युवाहरु देश बर्वाद भइसक्दापनि बरु झोला बोकेर विदेश जान तयार हुने र दलहरुले देश सिध्याए भनेर गुनासो गरिरहने गरेको बताउँदै उनले उनीहरुलाई राजाको पक्षमा सडकमा आएर योगदान गर्न आह्वान गरे ।

अध्यक्ष खड्काले राजाको आशिर्वाद लिएर दसैंको टिका लगाएका मान्छेहरु मात्रै सडकमा आएको खण्डमा गणतन्त्रको चाँडै अन्त्य हुने दाबी गरे । उनले आफ्नो श्वाँस रहेसम्म देशमा गणतन्त्र खारेज गराएरै छाड्ने अठोट लिएको सुनाए । लाखौंलाख जनता अहिलेपनि गणतन्त्रको विपक्षमा रहेका उनको भनाई छ । उनले देशमा रहेका विभिन्न समस्या समाधानका लागि राजा र राजसंस्था पुनर्स्थापना एकमात्रै विकल्प रहेको बताए । शाही युवा शक्ति नेपालका केन्द्रीय उपाध्यक्ष प्रेम बैदारले देशमा गणगन्त्रवादीहरुले फट्याईँ गरेको अरोप लगाउदै उनले भने, ‘यो गणतन्त्रवादीहरुले फट्याईँ गरेको रहेछ । यिनीहरु देशद्रोही र दलाल रहेछन् भनेर सम्पूर्ण नेपालीहरुले बुझिसकेको हुँदा अब तपाईँहरुले यिनीहरुलाई जहिलेसम्म शासन चलाउन दिनुहुन्छ, तबसम्म नेपाली र नेपाल आमाको आशु खेप्नुपर्ने हुन्छ’ ।

वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले नेपाल धर्म निरपेक्ष हुनैनसक्ने बताए । देशलाई धर्मनिरपेक्ष बनाउनेहरुले हिन्दुहरुको दसैंको टिका र जमरा लगाउन लाज मान्नुपर्ने उनको टिप्पणी छ । जनताले निर्मल निवासमा गएर राजासँग नेपाली जनताको नासो खोजिरहेको उनले बताए । राजालाई जनताले नेपाली जनताको नासो जिम्मा लिन नेपाली जनताले आग्रह गरिरहेको उनले बताए । पृथ्वीनारायण शाहको शालिक ढालेर, एमसीसी पारित गरेर र गुटेरेसको चाकडी गरेर देश धेरै लामो समयसम्म नेपाल नरहने उनको टिप्पणी छ ।

कार्यक्रममा शाही युवा शक्ति नेपालका केन्द्रीयहरु सदस्य नयन बोगटी, रोहन शाक्य, शाही युवा शक्ति नेपालका समर्थक रामेश्वर थापा, सन्तोष (सिलवाल) राजावादी लगायतले राजा, राजसंस्था र हिन्दु राज्य पुनर्स्थापना र गणतन्त्र खारेजीको पक्षमा आफ्ना धारणाहरु राखेका थिए ।