६ श्रावण २०८३, बुधबार
,
Latest
जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुँजीगत खर्चको तुलनामा ऋणको साँवाव्याज भुक्तानी करिब तीनगुणा बढी



अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा सरकारले गरेको पुँजीगत खर्चको तुलनामा सोही अवधिमा भएको सार्वजनिक ऋणको साँवाव्याज भुक्तानी दायित्व करिब तीनगुणा बढी देखिएको छ । सरकारी ऋण बर्सेनि बढ्दै गएसँगै त्यसको साँवा र ब्याज भुक्तानीका लागि हुने खर्च पनि बढ्दै गएको हो ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक १२ गतेसम्ममा सरकारले रू २५ अर्ब ७८ करोड ९० लाख बराबर पुँजीगत खर्च गरेको छ । त्यस्तै गत असोज मसान्तसम्ममा सरकारी ऋणको साँवाब्याज तिर्न रू ६७ अर्ब ७० करोड ७१ लाख खर्च भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कबाट देखिन्छ । यो अवधिमा भएको कुल पुँजीगत खर्चको तुलनामा सरकारी ऋणको साँवाब्याज तिर्न भएको खर्च करिब तीनगुणाले बढी हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको असोज मसान्तसम्मको सरकारी ऋणको विवरणअनुसार यो अवधिसम्ममा आन्तरिक ऋणको साँवा रू ४२ अर्ब ८४ करोड १७ लाख र ब्याज रू १३ अर्ब ७१ करोड ५० लाख ब्याज गरी कूल रू ५६ अर्ब ५५ लाख ६७ लाख बराबर भुक्तानी भएको छ ।

त्यस्तै, बाह्य ऋणको रू आठ अर्ब ७० करोड ३६ लाख साँवा र रू दुई अर्ब ४४ करोड ६८ लाख ब्याज गरी कूल रू ११ अर्ब १५ करोड चार लाख बराबर भुक्तानी भएको छ । त्यस्तै चालु आर्थिक वर्षको तीन महिना अवधिमा नेपालले रू ९७ अर्ब ३१ करोड बराबर आन्तरिक र रू नौ अर्ब ४७ करोड ८० लाख बाह्य गरी कूल रू एक खर्ब छ अर्ब ७८ करोड ८० लाख बराबर ऋण लिएको छ ।

योसँगै नेपालको कूल सार्वजनिक ऋण रू २३ खर्ब ५४ अर्ब ५९ करोड ५१ लाख पुगेको कार्यालयले जनाएको छ । गत असोज मसान्तसम्ममा नेपालले रू ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख आन्तरिक र रू ११ खर्ब ७१ अर्ब दुई करोड ३१ लाख बाह्य ऋण तिर्न बाँकी देखिएको हो ।

अर्कोतर्फ सरकारको घाटा बजेटको आँकडा पनि बढ्दै गएको छ । हालसम्म कूल तीन खर्ब तीन अर्ब ६५ करोड ३७ लाख बराबर बजेट खर्च हुँदा राजस्व सङ्कलन भने रू दुई खर्ब ४८ अर्ब २८ करोड ५० लाख बराबर देखिएको छ । अर्थात् हालसम्म सरकारको आम्दानीको तुलनामा खर्च रू ५५ अर्ब ६७ करोड बढी छ । रासस