२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशमा दक्षिण एशियाकै पहिलो पानीमुनिको सुरुङ सञ्चालनमा



अ+ अ-

एजेन्सी । दक्षिण एशियाकै पहिलो पानीमुनि निर्माण गरिएको सुरुङ सञ्चालनमा आएको छ ।

शनिवारबाट बंगलादेशमा पानीमुनि निर्माण गरिएको सुरुङमार्ग यातायातका लागि सञ्चलनमा ल्याइएको हो । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सुरुङमार्गको उद्घाटन गर्नुभयो । बंगबन्धु शेख मुजिबुर रहमान सुरुङमार्गको उद्घाटन समारोहमा हसिना र चिनियाँ राजदुत याओ वेन पनि सहभागी हुनुहुन्थ्यो । राजधानी ढाकाबाट करिव २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको सुरुङ बंगलादेश र चीन सरकारको संयुक्त लगानीमा निर्माण गरिएको हो ।

यो दुई पक्षका जनता, व्यापार र पर्यटनका लागि ठूलो अवसर भएको बंगलादेश निवासीहरु बताउँछन् । यो चीन र बंगलादेशको लागि सहकार्य झनै बढाउने अवसर भएको स्थानीय आनन्द बरुआ बताउनु हुन्छ ।

सुरुङले प्रश्तावित एशियाली राजमार्गलाई ढाका–चट्टोग्राम–कक्सबजार राजमार्गसँग जोड्नेछ । चट्टोग्रामदेखि दक्षिणपूर्वी तटीय शहर कक्स बजारसम्मको दूरी ४० किलोमिटर घटाउने छ ।

बंगलादेशमा चीनले निरन्तर सहयोग गरिरहेको उहाँको भनाइ छ ।