१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउन हुदैन (भिडियो)

नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउन हुदैन (भिडियो)
अ अ+ अ-

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउनका लागि तयार गरिएका दुई विधेयक प्रतिनिधि सभाबाट फिर्ता गरिएकोमा नेपाल वायुसेवा संचालक संघले विरोध जनाएको छ । 

गत फागुन १८ गते बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६, प्रस्ताव गर्ने पेश गर्ने कार्यसूचि भए पनि दर्ता नगरी विद्येयक र्फिता गरिएको भन्दै विरोध जनाएको  हो । युरोपियन युनियनले नेपालको हवाई सेवालाई लामो समयदेखि कालोसूचीमा राखेको छ । नेपालमा हवाई सेवा सञ्चालन र नियमन गर्ने दुबै निकाय एउटै भएकाले कालोसूचीबाट हटाउन सुझाव दिएको थियो ।

सोही सुझावका आधारमा प्राधिकरणलाई टुक्राउन पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रिय सभामा दुई विधेयक दर्ता गर्नु भएको थियो । तर, अहिलेको सरकारले प्रस्ताव पेश नगरि फिर्ता भएको भन्दै संघले आपत्ति जनाएको छ । नेपाल वायुसेवा संचालक संघका अध्यक्ष रामेश्वर थापाले सरकारले नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउनका लागि तयार गरिएका दुई विधेयक प्रतिनिधि सभाबाट र्फिता गरेर पर्यटन व्यवसायलाई धरासाही बनाउन खोजेको आरोप लगाउनु भयो ।

उहाँले सरकार पर्यटन क्षेत्रलाई माथि उठाउने भन्दा पनि पर्यटन विकासको लागि आवश्यक नीतिहरु नल्याएर समग्र पर्यटन उद्योगलाई समाप्त पार्ने खोजेको बताउनु भयो । युरोपियन युनियनले नेपालको हवाई सेवालाई लामो समयदेखि कालोसूचीमा राखेकाले यो वर्ष कालोसूचीबाट निकाल्ने आशा लागे पनि सरकारको कामले आशा मर्दै गएको अध्यक्ष थापाले उल्लेख गर्नु भयो । अध्यक्ष थापाले एक दुई जना व्यक्तिहरुले प्राधिरकणमा ताल्चा लगाउँछु भन्दैमा संसदबाट विद्येयक फिर्ता गर्नु समग्र पर्यटन विकासलाई अधोगति तिर लान खोज्नु भएको स्पष्ट पार्नु भयो । उहाँले नेपाल वायुसेवा संचालक संघ पर्यटन क्षेत्रमा काम गर्ने  संस्थाहरुसँगको सहकार्यमा सरकारसँग छलफल गर्ने बताउनु भयो । नेपालको पर्यटनको विकास आन्तरिक पर्यटनले नभएर विदेशी पर्यटक आएर डलर खर्च गरेमात्रै हुने अध्यक्ष थापाको भनाई छ ।

उहाँले भन्नुभयो,‘ प्रधानमन्त्री नेपालको प्रर्यटन व्यवसायलाई कसरी माथि उठाउने भन्ने विषयमा चिन्तित हुुनुहुन्छ । विभागिय मन्त्री पनि चिन्तित हुनुहुन्छ । अब पर्यटन उद्योगीहरु अझ बढी चिन्तित भएका छौं । यति पर्यटन विकासको लागि राम्रो काम सरकारबाट भइरहेको छ भने कुनै बहसको विषय गर्नु भएन। भर्खरै सुनियो । प्रतिनिधि सभामा जाँदै गरेको हवाई सम्बन्धि ऐनलाई सरकारले र्फिता माग्यो । भनेपछि सरकारले नेपालको पर्यटन व्यवसायलाई धरासाही बनाउन खोज्दै छ भन्ने हामीलाई लागेको छ । वायुसेवा संञ्चालक संघ सबैसँग छलफल गर्न तयार छौं । नेपालको एविसीन उद्योग मात्रै होइन । एविसीन उद्योग एउटा परिपुरक मात्रै हो ।

समग्र पर्यटन व्यवसायलाई धरासाही गर्नको लागि सरकार अगाडि बढ्यो भन्ने हिसाबमा हामी भन्न सक्छौं । पर्यटन व्यवसाय भनेको म एक जना पोखरा गएर व्यवसा बढ्ने होइन । त्यो आन्तरिक पर्यटन व्यवसाय हो । यसरी नेपालको पैसा नेपालमा नै खर्च हुने हो । तर हामीले नेपालमा पर्यटनक ल्याएर बाहिरको पैसा जम्मा गरौ । बाहिरको डलर कमाउन । विदेशी पाउनाले नेपालको बारेमा राम्रो भनुन । नेपालमा आएर पैसा खर्च गरुन । त्यो हो पर्यटन व्यवसाय । अहिले हाम्रो योजना अनुसार नै युरोपियन कमिसनले सुरक्षित सूचिबाट निकाल्छ । भन्ने आशामा थियौं । एक दुई जनाले प्राधिरकणमा ताला लगाउँछु भनेको भरमा प्रतिनिधिसभामा पेश हुँदै गएको प्रस्तावलाई फिर्ता गरियो भने मात्रै होइन सरकारले नेपालको समग्र पर्यटन विकासको अधोगति तिर सोच्यो भन्ने लाग्छ । हामी यस विषयमा केही गर्दैनौं । यो विषयमा आवाज उठाउँछौं । होटल एशोसिएशन संघ,टान, हान लगायतका पर्यटन क्षेत्रका संस्थाहरुसँग एक ठाउँमा बस्छौं । यो विषयमा सरकारले गरेको काम सहि छ भनेर बहस गर्न चाहान्छौं । सरकारसँग बहस गर्न चाहान्छौं ।’

अध्यक्ष थापाले प्रधानमन्त्री शेरबहादुर देउवा र पर्यटनमन्त्री प्रेम आले पर्यटन उद्योगका विषयमा चिन्तित भए पनि विद्येयक फिर्ता  गर्ने काम गलत गरेको बताउनु भएको छ । ठूलो मानवीय क्षती हुनसक्ने जोखिम रहेको भन्दै नेपालको हवाई सेवा नियमन र सेवा प्रदायक कार्यहरु एउटै संस्थाले गर्ने नहुने अन्तर्राष्ट्रिय नागरिक उड्ड्ययन संघ (इकाओ) र यरोपियन युनियनको मान्यता अनुसार नेपाललाई कालोसूचिमा राखेको छ । त्यस कारण प्राधिकरणबाट नियमन  र सेवा प्रदायक निकाय छुटै बनाउने विगत लामो समय देखिको बहस चलेर संसदबाट ऐन पारित भएको छ । तर प्रधाकरणका कर्मचारीहरुको विरोधका कारण संसदमा प्रस्ताव जान सकेको छैन ।

नेपाल कालो सूचीबाट पनि हट्न सकेको छैन । नेपाली वायुसेवाका विमानहरु युरोप उडान गर्न पाएको छैन । सरकारले नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउनका लागि तयार गरिएका दुई विधेयक संसद्लेपारित भएसँगै प्राधिकरण टुक्राउनका लागि बाटो खुल्नेछ । ऐन पारित भएसँगै प्राधिकरण सेवा प्रदायक र नियमन गरी दुई भागमा विभाजन हुने छ ।