५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुम्दीकोट जाँदै गरेको माइक्रो बस दुर्घटना, २५ बढी घाइते



अ+ अ-

पोखरा । पोखराको छोरेपाटनबाट स्तुपाहुँदै पुम्दीकोट जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा २५ जनाभन्दा बढी घाइते भएका छन् ।

पुम्दीकोटतर्फ जाँदै गरेको ग १ ख ८५८५ नं को माइक्रो बस उक्त सडक खण्डको घैयाखेत भन्ने स्थानमा दुर्घटना भएको कास्की प्रहरीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो ।

बस दुर्घटना हुनासाथ सुरक्षाकर्मी एवं स्थानीयवासीको सहयोगमा घाइतेको तत्काल उद्दार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइसकिएको उहाँले जानकारी दिनुभयो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना भएलगत्तै तत्काल उद्धार हुन सकेका कारण घाइतेलाई चाँडै नै अस्पतालमा पुर्‍याउन सकिएको स्थानीयवासी युवक लामिछानेले जानकारी दिनुभयो । घाइतेको अवस्थाबारे थप जानकारी आउन बाँकी छ । रासस