• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

प्रधानमन्त्री दाहाल र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटबार्ता -फोटो फिचर



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालको औपचारिक भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटबार्ता भएको छ ।

प्रधानमन्त्री दाहालसंग गुटरेसले प्रधानमन्त्री कार्यलयमा भेट गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नुभएको छ । भ्रमणका क्रममा गुजरेस सोमबार नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानुहुनेछ । आगामी मङ्गलबार अपराह्न ४ः०० बजे उहाँले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमण गर्न लाग्नुभएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्नुहुने मन्त्रालयले जनाएको छ ।

राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री दाहालको निमन्त्रणामा महासचिव गुटेरेस औपचारिक भ्रमणका क्रममा नेपाल आउनुभएको हो ।

फोटो: प्रदीप राज वन्त