२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको सशस्त्र विद्रोहमा सहभागी पूर्व बालसैनिकद्वारा गुटेरेस समक्ष न्यायका लागि अपिल



अ+ अ-

काठमाडौं: नेकपा माओवादीमा आबद्ध भएर सशस्त्र विद्रोहमा होमिएका पूर्व बालसैनिकहरूले आफ्ना जायज मागलाई कसैले सुनुवाई नगरेको जनाउँदै न्यायका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग अपिल गरेका छन्।

संसदमा दर्ता भएको सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक मार्फत द्वन्द्वका विषयलाई टुङ्ग्याउन खोजिएको भन्दै बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनीन बिष्टले काठमाडौंस्थित राष्ट्रसङ्घीय आवासिय संयोजकको कार्यालयमार्फत गुटेरेससँग अपील गरेका हुन्। उनले शान्ति प्रक्रियाबाट आफूहरूलाई पूर्णतया बाहिर राखिएकोमा आपत्ति समेत जनाउँदै यस्तो अपील गरेका छन्।

‘लडाईमा नाबालिगहरूको प्रयोग अन्तर्राष्ट्रिय मानवीय कानून विरुद्धको अपराध हो, र हामी पीडित छौं, हामी भूतपूर्व बालसैनिकहरू सन् २००६ देखि आजसम्म नेपालको शान्ति प्रक्रियाबाट पूर्णतया बाहिर छौं। यस निर्मम उपेक्षाबारे संसदमा रहेको सङ्क्रमणकालीन न्याय विधेयकमा पनि कुनै उल्लेख गरेको पाइँदैन, न त संयुक्त राष्ट्रसङ्घले यस विषयमा सक्रियता देखाएको छ,’ पूर्व बालसैन्य बिष्टले राष्ट्रसङ्घीय महासचिवलाई लेखेको अपीलमा भनिएको छ। विगतदेखि नै बालसैन्यको विषयलाई माओवादी पार्टीले बेवास्ता गरिएकोप्रति तिब्र असन्तुष्टि जनाउँदै आएका विष्टले माओवादी नेताहरूले युद्धको मैदानमा प्रयोग गरेर आफूहरुको जीवन र भावनासँग खेलवाड गरेको आरोप लगाएका छन् ।

उनले भनेका छन्, अहिले माओवादी नेताहरूले आफ्नो राजनीतिक करियर जोगाउन बाल सैनिकको कुरा उठाउन नचाहनुका साथै जवाफदेहीता पनि लिन चाहेका छैनन् । ‘जुन उमेरमा हामी कक्षाकोठामा उपस्थित हुनुपर्दथ्यो, हामीले हिंसा देख्यौं, शारीरिक र मनोवैज्ञानिक आघात सह्यौं, द्वन्द्वको समयमा अकल्पनीय कठिनाइ सह्यौं, र सामाजिक सीमान्तीकरणको अनुभव गरिरहेका छौं’ उनले अपिलमा भनेका छन् ।

सङ्क्रमणकालीन न्यायको विषयमा द्वन्द्वपीडित साझा चौतारीले समेत महासचिव गुटेरेसलाई सम्बोधन गरी एक पत्र लेखेको छ जसमा मानव अधिकार हनन् कुनैपनि अवस्थामा अक्षम्य हुनुपर्ने र पीडितले न्याय पाउने सुनिश्चितता हुनुपर्ने जिकिर गरिएको छ ।