काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका तीन जिल्ला सहित बिभिन्न १४ जिल्लालाई कोरोनाबाट अति संवेदनशिल क्षेत्र घोषणा गरेको छ ।
सो मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारीद्वारा बिहीबार अपरान्ह जारी विज्ञप्तिमा ती जिल्लामा भीडभाड नगर्न सार्वजनिक अपिल पनि गरिएको छ ।
सह–प्रवक्ता डा अधिकारीले ती जिल्लाका रेष्टुरेन्ट, क्लब, खेलकुद, जीम, सार्वजनिक पूजाआजा, जात्राहरु, सभा, सम्मेलन बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुलमा सहभागि नभैदिन आग्रह गरिएको छ ।
सो मन्त्रालयमा शुक्रबार बसेको सचिवस्तरीय बैठकले यस्तो निर्णय गरेको बताइएको छ । अति प्रभावित जिल्लामा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत र बागलुङ रहेका छन् ।











