८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

स्वास्थ्यचौकी निर्माण गर्न पाँच रोपनी जग्गादान

स्वास्थ्यचौकी निर्माण गर्न पाँच रोपनी जग्गादान
अ अ+ अ-

तनहुँ। भानु नगरपालिका–३ खहरेमा नवनिर्मित ‘भानु स्वास्थ्यचौकी’को नयाँ सुविधासम्पन्न भवन निर्माणका लागि ६ परिवारबाट पाँच रोपनी एक आना जग्गा प्राप्त भएको छ ।

‘भानु स्वास्थ्यचौकी’को सुदृढीकरण र स्थायी संरचना निर्माणका लागि यहाँका ६ जनाको परिवारले रु तीन करोड २४ लाख मूल्यबराबरको जग्गादान गरेका हुन् । स्वास्थ्य सेवाजस्तो पवित्र कार्यका लागि स्थानीयले देखाएको यो उदारताको कदर गर्दै हालै एक विशेष कार्यक्रमका बीच शिलालेख अनावरण गरी जग्गादाताको योगदानलाई सार्वजनिक गरिएको छ ।

जग्गादान गर्ने दानवीरहरूमा स्थानीय बालकृष्ण र राममाया कार्की एक रोपनी आठ आना दुई पैसा एक दाम जग्गा दान गरेका छन् । हालको चलनचल्तीको मूल्यअनुरुप रु ९८ लाख ५० हजारको जग्गा रहेको छ । दानवीरमध्ये कार्की दम्पतीले बढी दान गरेका हुन् ।

त्यसैगरी, विष्णुबहादुर र सरिता कार्की पन्तका परिवारले रु ६४ लाख मूल्यको एक रोपनी, ज्ञानबहादुर र वीरमाया गुरुङले रु ६४ लाख मूल्यको एक रोपनी, दुर्गाबहादुर र रनकुमारी गुरुङले रु ४८ लाख मूल्यको १२ आना, स्वर्गीय लालबहादुर, जगकुमारी श्रेष्ठले ३२ लाख मूल्यको आठ आना र रामबहादुर र सुनकोरी गुरुङले रु १७ लाख ७५ हजार मूल्यको चार आना एक पैसा तीन दाम जग्गा दान गर्नुभएको हो ।

गाउँघरमै गुणस्तरीय स्वास्थ्य सेवा पुगोस् र गरिब तथा विपन्न नागरिकले उपचार अभावमा तड्पिनु नपरोस् भन्ने पवित्र उद्देश्यका साथ जग्गादान गरिएको दाता बालकृष्ण कार्कीले बताउनुभयो । आफ्नै गाउँका नागरिक मिलेर करोडौँको जग्गा जुटाएपछि स्थानीयवासी उत्साहित भएर लागेका छन् । नेपाल सरकार, सहरी विकास मन्त्रालयको आर्थिक वर्ष २०८१÷८२ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत आधुनिक भवनको निर्माण सम्पन्न भएको छ ।

सहरी विकास तथा भवन निर्माण विभाग, कास्कीको प्राविधिक सहयोगमा निर्माण गरिएको उक्त भवनको भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा नगरप्रमुख त्रिपाठीले स्वास्थ्य क्षेत्रमा स्थानीयवासीले देखाएको उत्साहले जनप्रतिनिधिहरूलाई थप हौसला मिलेको बताउनुभयो । सुरस