२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा मानवीय सहायताका लागि ८४ ट्रक पुगेको इजिप्टको घोषणा



अ+ अ-

एजेन्सी । इजिप्टियन रेड क्रिसेन्ट सोसाइटीका कार्यकारी निर्देशक रामी अल–नाजरले शनिवार इजिप्टियन रेड क्रिसेन्टसँग सम्बन्धित ८४ ट्रक खाद्यान्न, मानवीय र चिकित्सा सहायता गाजा स्ट्रिपमा पुगेको घोषणा गर्नुभएको छ ।

उहाँले मानवीय सहायता पठाउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीको छेउमा रहेको जग्गामा के भइरहेको भन्नेबारे पत्ता लाग्न नसक्दा अझै त्यहाँको आवश्यकता पहिचान गर्न कठिन भइरहेको बताउनु भयो ।

मध्यपूर्व र उत्तर अफ्रिकाका लागि रेड क्रस र रेड क्रिसेन्ट सोसाइटीजको अन्तर्राष्ट्रिय महासंघका क्षेत्रीय निर्देशक होसम एलशारकावीले गाजा पट्टीलाई आवश्यक सहायता पठाएर सहयोग गर्न विश्वलाई आह्वान गर्नुभयो । साथै इजिप्टियनवासीलाई सहायता पठाएकोमा धन्यवाद दिनुभयो ।

उहाँले मानवीय अभियानको निरन्तरताको लागि युद्धविराम सम्झौतामा पुग्न आह्वान गर्नुभयो ।