२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजिप्टमा कार दुर्घटना हुँदा ३५ जनाको मृत्यु, ५३ घाइते



अ+ अ-

काएरो । इजिप्टको बेहेरा प्रान्तको मरुभूमि क्षेत्रको सडकमा शनिबार भएका सवारी दुर्घटनामा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य ५३ जना घाइते भएका इजिप्टको सरकारी अहराम पत्रिकाले जनाएको छ ।

बेहेरा नजिकै कायरो–अलेक्जेन्ड्रिया सडकमा गुडिरहेको कारबाट तेल चुहिएर विभिन्न सवारी साधनमा आगलागी भएका कारण दुर्घटना भएको सुरक्षा अनुसन्धानले देखाएको छ ।

मृतक र घाइतेलाई नजिकैका शहरका अस्पतालमा लगिएको छ । उक्त घटनाको आपराधिक अनुसन्धान गर्न आदेश दिइएको समाचारमा जनाइएको छ ।

तीव्र गति, सडकको कमजोर मर्मत सम्भार र ट्राफिक कानुनको फितलो कार्यान्वयनका कारण इजिप्टमा हरेक वर्ष हजारौंको सङ्ख्यामा सडक दुर्घटना हुने गरेका छन् ।

विगत केही वर्षयता इजिप्टले सवारी दुर्घटना कम गर्न आफ्नो सडक सञ्जालको स्तरोन्नति गरेको छ ।