४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवस्थामाथि प्रश्न उठाउनेहरुलाई प्रमुख दल एक ठाउँमा उभिएर जवाफ दिन्छौ: प्रधानमन्त्री दाहाल



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको व्यवस्थामाथि प्रश्न उठाउनेहरुलाई प्रमुख दल एक ठाउँमा उभिएर जवाफ दिने बताउनु भएको छ ।

नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन पुग्नु भएका प्रधानमन्त्री दाहालले मिडियाकर्मीहरुसँगको संक्षिप्त साक्षात्कारमा यस्तो बताउनु भएको हो । उहाँँले भन्नुभयो ‘अहिले हामीमाथि प्रश्न उठाउने कोशिस भएको छ । प्रमुख राजनीतिक दल एकै ठाउँमा उभिने काम भैरहेको छ । हामी छिट्टै जवाफ दिन्छौं ।’

प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका बाँकी रहेका कार्यभार पनि छिट्टै पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाले भन्नुभयो ,‘शान्ति प्रक्रिया टुँगो लगाउनेबारे विस्तारै समझदारी बन्दै जान्छ । हिजो मेरो प्रमुख प्रतिपक्षी दलका नेतासँगको भेट पनि त्यसैको कडी हो ।’