• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

ट्रमा सेन्टरमा आएका मध्ये ८० प्रतिशत बिरामीको अप्रेसन गर्नुपर्छः डा रिजाल



काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आएकामध्ये ८० प्रतिशत बिरामीको अप्रेसन हुने गरेको छ ।

ट्रमा सेन्टरका निर्देशक डा.बद्री रिजालले अस्पतालमा दैनिक करिव चार सय ५० देखि पाँच सय जना बिरामी आउने गरेको र त्यसमध्ये ८० प्रतिशतको अप्रेसन गर्नुपर्ने जानकारी दिनुभयो । हाल अस्पतालमा दैनिक २५ देखि ३० जनाको अप्रेसन हुँदै आएको छ ।

उहाँले अस्पतालमा बिरामीको चाप हुने गरेकाले दुई सय १८ शैय्या सञ्चालनमा रहेको जानकारी दिनुभयो । डा.रिजालले सेवा प्रवाहलाई चुुस्त दुरुस्त बनाउन जनशक्ती अभाव भएको बताउनु भयो । झन्डै तीन सय जनाको हाराहारीमा स्थायी दरबन्दी र आन्तरिक स्रोत लगायतबाट झन्डै तीन सय गरी ६ सय जना कर्मचारी कार्यरत रहेको बताउनु भयो । दरबन्दी पर्याप्त नहुँदा एक जना चिकित्सकले तीनदेखि चार जना बिरामीलाई हेर्नुपर्ने बाध्यता रहेको बताउनु भयो । अस्पतालमा एक सय जना चिकित्सक र दुई सय ५० जना नर्स कार्यरत छन् ।

अस्पतालभित्रै सबैजसो औषधि उपलब्ध हुनेगरी व्यवस्थापन गरिएको जानकारी दिनुभयो । आफू वार्डहरुको स्तरोन्नती गर्नेतर्फ लागिरहेको बताउनु भयो । अहिले अस्पतालबाट अनलाईन टिकट लिने व्यवस्था मिलाइएको र बिहान आठ बजेदेखि नै अस्पतालको सेवा प्रवाह हुँदै आएको बताउनु भयो ।

डा.रिजालले भन्नुभयो, ‘आइसीयु बेड १० वटा भएकोमा १ थप गरी ११ वटा आइसीयु बेड र ८ वटा एचडीयु बेड थप गरी १९ वटा बेडहरु आइसीयु बराबरको सेवा सञ्चालन भइरहेको छ । वार्डहरुको स्तरोन्नती गर्नेतर्फ लागिरहेका छौँ । अहिले तीन ठाउँमा फार्मेसी सञ्चालनमा छन् । अहिले लगभग सबैजसो औषधि उपलब्ध हुनेगरी व्यवस्थापन गरिएको छ । फार्मेसीको पनि स्तरोन्नती गरिरहेका छौँ । ट्रमा भएर आइसकेपछि रेनर फेलरतर्फ जान थाल्यो भने केही बिरामीलाई डायलायसिस गर्नुपर्ने हुन्छ, आइसीयुमै हुँदा अप्रेसन गर्नुभन्दा अगाडी । त्यस्तोको लागि इमरजेन्सीको लागि आइसीयुमा एउटा बेडमा एउटा डायलायसिस मेसिन जोड्दै छौँ । ट्रमा सेन्टरमा दैनिक साढे तीन सय जना ओपीडीमा बिरामीहरु आउनुहुन्छ । इमरजेन्सीमा एक सयदेखि एक सय ५० जना आउनुहुन्छ । लगभग चार सय ५० देखि पाँच सय बिरामीहरु हेरिरहेका छौँ । बिरामीको लोड बढेको कारणले अहिले २१८ बेड सञ्चालन गरिरहेका छौँ । र, त्यसो गर्दैगर्दा ट्रमामा आएकामध्ये ८० प्रतिशतलाई अप्रेसन गर्नुपर्ने हुन्छ । त्यसको लागि हामी कहाँ पोष्टप बेडको पनि समस्या छ ।

डा.रिजालले भन्नुभयो,अहिले एक दिनमा रेगुलर ओटी भन्छौँ, इमरजेन्सी र नाइटको इएचएस हुन्छ । त्यो गर्दाखेरी २५ देखि ३० जनाको अप्रेसन हुन्छ दिनमा । त्यो गर्दै गर्दा पोष्टप बेड सात वटा छ । त्यो हुनाले हामीलाई कन्स्टेन्ट छ हामिलाई । त्यसको लागि एक्सपान्सन गर्नुपर्ने हुन्छ । त्यो सँगसँगै आइसीयु र एचडीयु पनि एक्सपान्सन गर्नुपर्नेछ । दरबन्दीको कुरा गर्दा सरकारी दरबन्दीले नपुगेर यहीँको आन्तरिक स्रोतबाट कर्मचारी राखेर काम गर्नुपर्नेछ । दरबन्दी त अपुग छँदैछ । त्यसको लागि हामीले कुरा गरिरहेका छौँ । ओएनएम सर्वे गरेर आवश्यक दरबन्दी नेपाल सरकारले नै दिनुपर्छ । अहिले हामी ६ सय जना कर्मचारी छौँ । तीन सय जनाको हाराहारीमा स्थायी दरबन्दी छ भने अरु आउट सोर्सिङ गर्ने स्टाफ र आन्तरिक स्रोतबाट हो । जनशक्ति बढ्यो भने सेवा प्रवाहमा थप वृद्धि गर्नपनि सहज हुन्छ । हामीले मन्त्रालयसँग कुरा गरिरहेका छौँ । मन्त्रालय यसमा पोजेटिभ नै छ ।’

डा.रिजालले ट्रमाका लागि अति आवश्यक मानिएको रिहाब सेन्टर सरकारी तवरबाट नहुँदा बिरामीहरु मर्कामा परेको बताउनु भयो । उहाँले सरकारी तवरमा रिहाव सेन्टर नहुँदा निजीमा पठाउन बाध्य भएको भन्दै त्यसका लागि लविङ गरिरहेको बताउनु भयो । उहाँले स्पाईन इन्जुरी, ढाडमा चोट लागेर खुट्टा, हात नचल्ने भएर आएका बिरामीहरु अप्रेसन गरिसकेपछि पुनःस्थापनाका लागि रिहाब सेन्टरमा जानुपर्ने बताउनु भयो । उहाँले ट्रमा सेन्टरमा इन्जुरी भएका (स्पाइन, स्पोर्टस, घोडाको चोट, ढाडको चोट) हरुका लागि आवश्यक पर्ने एमआरआइ मेसिन नहुँदा समस्या भएको बताउनु भयो । एमआरआई मेसिन नहुँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने र महँगो शुल्क तिरेर सेवा लिनुपर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले अस्पतालमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिने बताउनुभ यो । डा.रिजालले ट्रमाका बिरामीलाई मध्यनजर गर्दै फिजियोथेरापी सेवा बिस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘ट्रमाका लागि साईड बाई साईड चाहिने भनेको रिहाब सेन्टर हो । ट्रमा भएर प्यारालाईज्ड भएर आइसकेको बिरामी जस्तो हामीहरुकोमा स्पाईन इन्जुरीहरु, ढाडमा चोट लागेर खुट्टाहरु, हात नचल्ने भएर आएका बिरामीहरु हुनुहुन्छ । उहाँहरु अप्रेसन गरिसकेपछि रिहाब सेन्टर जानुहुन्छ । अहिले प्राइभेटमा पठाइरहेको अवस्था छ । सरकारी लेभलमा छैन । त्यो भएको हुनाले कस्टको हिसावले पनि र नेपाल सरकारले त्यो पनि सेवा दिनुपर्छ भन्ने हिसावमा हामीले कुरा गरिरहेका छौँ । त्यो हुनाले रिहाब सेन्टरको आवश्यक छ । चोट लागेर अपाङ्गता भएका बिरामीलाई जस्तो उसले आफैँ ट्वालेट कसरी गर्ने ? र उसको साइकोलोजिकल थेरापी जस्तो हिँडिरहेको मान्छे दुर्घटना भएर एक्कैपटक हिँड्न नसक्ने हुँदा जुन मेन्टल स्ट्रेस भएर डिप्रेसनमा जान्छ । त्यस्तो मानिसहरुलाई साईकोथेरापीहरु, साइकोलोजिकल सपोर्टहरु, ह्विलचियबाट कसरी हिँड्ने त्यही हुँदै गर्दा आफ्नो जीविकोपार्जन कसरी गर्ने स्किलहरु हेण्ड स्किलहरु, कामहरु त्यो सिकाउने रिहाब सेन्टर हुन्छ । त्यो सरकारी लेभलमा छैन । त्यो आवश्यक छ भनेर हामीले मन्त्रीज्युलाई पनि भनिरहेका छौँ । अहिले हामीलाई आवश्यक भनेको एमआरआई मेसिन हो ।

डा.रिजालले भन्नुभयो, ट्रमा सेन्टरमा इन्जुरी भएका (स्पाइन इन्जुरी, स्पोर्टस इन्जुरी, घोडाको चोट, ढाडको चोट) हरुका लागि एमआरआईको आवश्यक हुन्छ । त्यो एमआरआई यहाँ छैन । हामीले वीरमा पठाउँछौ र पालो कुर्नुपर्ने हुन्छ । नभए बिरामीहरु चाँडो भनेर निजीमा गइरहेको अवस्था छ । त्यसलाई कस्ट पनि बढी परिरहेको हुन्छ । त्यसकारण पनि ट्रमामा नै एउटा एमआरआई मेसिन चाहिन्छ । त्यो हामीले कुरा गरिरहेका छौँ । जहाँसम्म यो वर्षमा आउँछ होला । दोस्रो तलामा ओटी छ । र, तेस्रो तलामा आईसीयु र एचडीयु एक्सपान्सन गर्नसक्यौँ तेस्रो तलामा रहेको कार्यालयका कामहरु साताँै तलामा गर्नसक्यौ भने धेरै बिरामीलाई आइसीयु, एचडीयुको सुविधा दिनसक्छौँ । त्यो गर्ने योजना छ । र, सँगसँगै हामीले फिजियोथेराफी सेवा बिस्तार गर्न खोजिीरहेका छौँ । स्पोर्टसा हुने फिजियोदेखि सबै किसिमको इन्जुरीहरुको लागि पनि फिजियोथेरापी यहीँ होस् भनेर भन्नको लागि फिजियोथेरापीको एक्सपान्सन गर्न खोजिरहेका छौँ । र, अर्को नयाँ एनेस्थेसीयाबाट पेन क्लिनिक पनि स्टार्ट गर्दैछौँ । यस्तै रिहाब सेन्टर खोल्नका लागि पनि पहल भइरहेको छ । सेवाग्राहीहरुले अनलाईन टिकट लिन मिल्छ । यहाँ बिहान आठ बजेदेखि नै सेवा शुरु हुने हुनाले उपचार गरेर पनि अफिस भ्याउन सक्नुहुन्छ । दरबन्दी पर्याप्त नभएको हुनाले एक जना चिकित्सकले तीन चार जना चिकित्सक बराबरको काम गर्नुपर्ने हुन्छ । त्यति खेर क्वालिटी कम्पोरमाइज हुनसक्छ । इमरजेन्सी र ट्रमा केयर गर्न ट्रमा सेन्टर सक्षम छ । हामी गरिरहेका छौँ । तर, बेडहरु अभावले गर्दा कहिले काहीँ अफ्ठ्यारो पर्नसक्छ । बिरामीहरुलाई पछिल्लो दिनहरुमा इएचएस सर्भिस शुरु भइसकेपछि पाँच वटा ओटी चलिरहेको छ । एक हप्ताभित्र पालो पाएर उपचार लिएर जानुहुन्छ । कहिले काहीँ प्लाण्ड ओटी भन्ने हुन्छ । त्यसमा पनि दुई हप्ताभित्र पालो पाएर जानुहुन्छ ।’

उहाँले बिरामीहरुलाई छिटो छरितो सेवा प्रवाह गर्नेतर्फ अस्पताल तल्लीन रहेको बताउनु भयो । कुनैपनि बिरामी अस्पतालभित्र उपचार पाएर दुई हप्ता भित्र जसरी पनि फर्किने गरेको जानकारी दिनुभयो ।