१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजालाई बिभिन्न मठ मन्दिरका अगुवाहरुले लगाईदिए टिका



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई बिजया दशमीका अबसरमा बिभिन्न मठ मन्दिरका अगुवाहरुले टिका लगाईदिएका छन् ।

पूर्वराजा शाहलाई पशुपतिनाथमा भट्ट, गोरखामा रहेको गोरखानाथका नाथ समुदायका पुजारी , गोरक्षपीठाधिश योगी बलभद्रनाथ , नेपालगञ्जमा रहेको बागेश्वरी मन्दिरका महन्थ , चाबहिल बगलामुखीका पुजारीले आर्शिरबचन सहित टिका तथा प्रसाद लगाईदिएको सचिवालयले जनाएको छ ।

पृथ्वीनारायण शाहको नेपालको एकिकरण अभियानमा गुरु गोरखनाथको आशिर्वाद रहेको थियो ।