१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

तीनजना युवाको मृत्युले शोकमा गाउँ

तीनजना युवाको मृत्युले शोकमा गाउँ
अ अ+ अ-

भैरहवा (रुपन्देही) ।  कोटहीमाई गाउँपालिका–१ निवासी २४ वर्षे अजयकुमार नाउ जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत हुनुहुन्थ्यो । परिवारसँग दसैँ मनाउन गाउँ आउनुभएको थियो । दसैँको अवसरमा गाउँ नजिकै लाग्ने मेला हेर्न जानुभएको नाउ कहिल्यै नफर्कने गरी जानुभयो ।

कात्तिक ७ गते दुर्गा मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर उहाँको मृत्यु भयो । उहाँसँग अन्य दुई जनाको पनि सोही क्रममा मृत्यु भयो । मूर्ति विसर्जनका लागि नदीमा पुगेका अन्य दुई डुबेपछि उनीहरूलाई बचाउने क्रममा नाउले पनि ज्यान गुमाउनुभयो ।

कोटहीमाई गाउँपालिकाकै वडा–५ मा नजिकका गाउँमा बनाइएका मूर्तिहरू विसर्जन गर्ने चलन छ । दसैँको टीकाका दिन अमरगञ्जसहित अन्य गाउँका ल्याइएका मूर्तिहरू विसर्जन हुँदै थिए ।

प्रत्यक्षदर्शी राजदेव भरका अनुसार मूर्तिलाई पानीमा सेलाएपछि अजय भर र सन्तकुमार भरसहितका स्थानीय युवाहरू मूर्तिलाई पूरै डुबाउन भन्दै नदीको गहिरो रहेकोतर्फ जान थाले । “अगाडि गहिरो थियो, त्यहाँ जाने क्रममा सन्तकुमार भर डुब्न थाले”, राजदेवले भन्नुभयो, “प्रहरीमा अजयले उनलाई ताने, लगत्तै अर्का युवा अजय भर पनि डुब्न थाले, उनलाई जोगाउन सन्तकुमार र अजय नाउ अगाडि बढे, यसै क्रममा तीनजना नै डुबे ।”

दानव नदी गहिरो रहेको र तत्काल कोही पौडी खेल्न नजान्ने भएकाले तीनै जना नदीमा हराएको उहाँको भनाइ छ । दुर्गा मूर्ति बिसर्जनमा गएका कोटहीमाई गाउँपालिका–१ बस्ने १८ वर्षीय अजय राजभर, २४ वर्षीय अजयकुमार नाउ र २० वर्षीय सन्तकुमार भरको मृत्यु हुन पुग्यो ।

दसैँको दश दिनसम्म हर्षोल्लास गरी दसैँ मनाएका यी तीनजना गाउँले युवाहरू एकैसाथ अस्ताए । तीनजना युवालाई गुमाएको अमरगञ्ज गाउँ त्यसयता शोकमा डुबेको छ ।

डुबेकामध्ये अजयकुमार नाउ र अजय भरको शव केही घण्टामै फेला परे पनि सन्तकुमार भरको शव करिब ४७ घण्टापछि मात्र फेला परेको छ । उनको शव फेला पर्दासम्म उहाकै भाइ पर्ने अजय भरको त्रिवेणीमा र अजयकुमार नाउको दानव खोलामा अन्त्येष्टि भइसकेको थियो ।

प्रहरी जवान अजयकुमार नाउको डेढ वर्षअघि मात्र विवाह भएको थियो । बाँकी दुईजना अविवाहित थिए । “दुर्गा मूर्ति विसर्जनमा युवाहरूमा अर्कै जोस हुन्छ”, कोटहीमाई गाउँपालिका–१ का वडा अध्यक्ष राजेश गुप्ताले भन्नुभयो, “यो दुर्घटनाले हामीलाई गम्भीर बनाएको छ, आगामी दिनमा यससम्बन्धी कठोर कदम चाल्नैपर्ने देखिएको छ ।” उहाँले विसर्जनअघि स्थानीय युवासँग यस विषयमा छलफल पनि गरेको दाबी गर्नुभयो ।

इलाका प्रहरी कार्यालय मझगावाका प्रहरी निरीक्षक हिमनाथ घिमिरेले व्यस्थापनमा कुनै कमी नरहेको दाबी गर्नुभयो । “यसअघिका वर्षमा नदी वारि घटना हुने गरेको थियो, हामीले सोहीअनुसार तयारी गरेका थियौँ”, उहाँले भन्नुभयो, “नदीमा निश्चित क्षेत्रसम्म जान मिल्ने गरी भीड व्यवस्थापन गरेका थियौँ ।” दानव नदी पारि कोटहीमाई गाउँपालिका–५ को क्षेत्र इलाका प्रहरी कार्यालय लुम्बिनीअन्तर्गत पर्छ । रासस