१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी जवानबाट गोली हानी आत्महत्या



अ+ अ-

इनरुवा । सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् ।

मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका– २ घर भई कोशी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको हो । घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको सुनसरी प्रहरीले जनाएको छ । रासस