६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजाबाट अर्को वर्ष नारायणहिटी दरबारमा दशैंको टिका लगाउने रवीन्द्रको चाहना



अ+ अ-

काठमाडौं। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अर्को वर्ष नारायणहिटी दरबारमा दशैंको टिका लगाउन पाईयोस भन्ने चाहना राख्नु भएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहसँग निर्मल निवासमा टिका ग्रहण गरेको तस्विर सार्वजनिक गर्दै मिश्रले यस्तो चाहना राख्नु भएको हो । उहाँले निर्मल निवासमा स्वार्थरहित सर्वसाधारणको थामी नसक्नु भीड रहेको उल्लेख गर्दै उहाँले लेख्नु भएको छ-

“सरकार! अर्को दशैँमा
नारायणहिटी दरबारमा
टीका लगाउन पाइयोस्!”

तीन घण्टा लाइनमा बसेर टीका लगाउँदा मैले भनेँ।

बाहिर आएर समाचार हेर्दा थाहा पाएँ, निर्मल निवासमा स्वार्थरहित सर्वसाधारणको थामी नसक्नु भीड रहेछ। शीतल निवासमा पार्टी आवद्ध र उच्चपदस्थको पातलो उपस्थिति रहेछ।

फरक यही हो। राजा र राष्ट्रपतिबीच ।

मिश्रले पूर्वराजासँग टिका लगाऔँ, राष्ट्रपतिको टिका बहिष्कार गरौँ भन्दै कारण सहित सामाजिक सञ्जालमा आफ्नो राय दिनु भएको थियो ।