२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजाबाट अर्को वर्ष नारायणहिटी दरबारमा दशैंको टिका लगाउने रवीन्द्रको चाहना



अ+ अ-

काठमाडौं। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अर्को वर्ष नारायणहिटी दरबारमा दशैंको टिका लगाउन पाईयोस भन्ने चाहना राख्नु भएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहसँग निर्मल निवासमा टिका ग्रहण गरेको तस्विर सार्वजनिक गर्दै मिश्रले यस्तो चाहना राख्नु भएको हो । उहाँले निर्मल निवासमा स्वार्थरहित सर्वसाधारणको थामी नसक्नु भीड रहेको उल्लेख गर्दै उहाँले लेख्नु भएको छ-

“सरकार! अर्को दशैँमा
नारायणहिटी दरबारमा
टीका लगाउन पाइयोस्!”

तीन घण्टा लाइनमा बसेर टीका लगाउँदा मैले भनेँ।

बाहिर आएर समाचार हेर्दा थाहा पाएँ, निर्मल निवासमा स्वार्थरहित सर्वसाधारणको थामी नसक्नु भीड रहेछ। शीतल निवासमा पार्टी आवद्ध र उच्चपदस्थको पातलो उपस्थिति रहेछ।

फरक यही हो। राजा र राष्ट्रपतिबीच ।

मिश्रले पूर्वराजासँग टिका लगाऔँ, राष्ट्रपतिको टिका बहिष्कार गरौँ भन्दै कारण सहित सामाजिक सञ्जालमा आफ्नो राय दिनु भएको थियो ।