१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाहको सम्बोधन: छिनछिनमा भुइँचालो गइरहेको छ, विचार गर्नुहोस्



अ+ अ-

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा भइरहेको गतिविधिबाट पाठ सिकेर अघि बढ्न सुझाव दिनु भएको छ ।

मंगलवार महाराजगञ्जस्थित निर्मल निवासमा विजया दशमीको अवसरमा सर्वसाधारणलाई टिका लगाइदिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले व्यंग्यात्मक रुपमा देशमा भइरहेका गतिविधिप्रति लक्षित गर्दै छिनछिनमा भुइँचालो गइरहेकाले विचार गरेर बस्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा दशैँको शुभकामना दिन चाहन्छु । धेरै भन्नु पनि हुँदैन, सप्तमीको दिनमा भनेको छु । हामीले पाठ पनि सिक्नु पर्नेछ । छिनछिनमा भुइँचालो पनि आइरहेको छ । विचार गर्नुस् ।’

पूर्वराजा शाहले नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना दिनुभयो । उहाँले यसअघि अपरान्ह पौने चार बजेबाट आम सर्वसाधारणलाई दशैँको टिका लगाइदिनु भएको थियो ।

पूर्वराजासँग टीका थाप्न झण्डै पाँच हजार मानिस निर्मल निवास पुगेका थिए ।

राप्रपाका नेता रवीन्द्र मिश्रले झण्डै तीन घण्टा लाममा बस्नु परेको जनाउँदै अर्को वर्ष राजदरबारमै टीका थाप्न पाइयोस् भनेको सामाजिक संजालमा लेख्नु भएको छ ।