४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका महान स्पिन बलर बिशन सिंह बेदीको निधन



अ+ अ-

एजेन्सी । भारतीय पूर्व स्पिन बलर बिशन सिंह बेदीको निधन भएको छ । बिशन सिंहले ७७ वर्षको उमेरमा अन्तिम सास लिए । उनी लामो समयदेखि बिरामी थिए ।

सन् १९७० को दशकमा आफ्नो घुमाउरो बलले ब्याट्सम्यानलाई चकित पार्ने बिशन सिंहले २२ अन्तर्राष्ट्रिय खेलमा भारतीय टोलीको कप्तानी गरेका थिए । उनको अन्तर्राष्ट्रिय करियर १२ वर्षसम्म चल्यो र उनले आफ्नो बलिङको आधारमा भारतलाई धेरै खेलहरूमा यादगार जित दिलाए ।

भारतका पूर्व महान लेग स्पिनर बिशन सिंह बेदीले विश्वलाई बिदाइ गरेका छन् । बिशन सिंहले सन् १९६७ मा आफ्नो अन्तर्राष्ट्रिय करियर सुरु गरेका थिए र आफ्नो अन्तिम खेल १९७९ मा खेलेका थिए ।

भारतका महान स्पिनरले आफ्नो टेस्ट करियरमा कुल २६६ विकेट लिएका छन् । योसँगै उनले भारतका लागि कुल १० ओडीआई खेल खेले जसमा उनले ७ विकेट लिएका थिए । सन् १९७० को दशकमा प्रसन्ना, चन्द्रशेखर र राघवनसँगै बिशनले आफ्नो स्पिनिङ बलबाट धेरै प्रसिद्धि कमाएका थिए ।

बिशन सिंह बेदीले आफ्नो अन्तर्राष्ट्रिय करियरको पहिलो खेल वेस्ट इन्डिजविरुद्ध खेलेका थिए । सिंहले डेब्यु खेलमा कुल २ विकेट लिए । सिंहले आफ्नो उत्कृष्ट स्पिन बलिङले विश्वका ठूला ब्याट्सम्यानलाई समस्यामा पारे । पूर्व स्पिनरले करियरको अन्तिम खेल सन् १९७९ मा इंग्ल्याण्डविरुद्ध खेलेका थिए ।

बिशन सिंह बेदीले अन्तर्राष्ट्रिय करियरलाई अलविदा गरेपछि प्रशिक्षकको रुपमा पनि काम गरेका थिए । बिशन सिंहले टीम इन्डियाका लागि धेरै युवा खेलाडीहरू तयार पारे, जसमा मुरली कार्तिक जस्ता ठूला नामहरू पनि थिए ।

कोचिङसँगै पूर्व बलरले कमेन्ट्रीमा पनि हात हालेका थिए । सन् १९९० मा बिशन सिंह न्युजिल्यान्ड र इङ्ल्यान्डको भ्रमणमा गएको भारतीय टोलीका प्रबन्धक पनि थिए । यससँगै उनले भारतीय क्रिकेटलाई राष्ट्रिय चयनकर्ताको रूपमा पनि सेवा दिएका थिए ।