२० श्रावण २०८३, बुधबार
,
Latest
‘फुटबल जोगाउन इन्फान्टिनो बाहिरिनुपर्छ’: फिगो काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ अनिवार्य अवकाशमा झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु रातभरको रुसी हवाई हमलाले किएभ क्षेत्र प्रभावित, १७ जनाको मृत्यु भूमि प्रशासनका जटिल लिखत/फाराम सरलीकरण हुँदै, सेवाग्राहीले आफैँ भर्न सक्ने सचेतना अभियान तीव्र बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन भन्सार छलीका पानजन्य सामग्री बरामद बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु बैंकिंग कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक, आगामी वर्ष परिणाममुखी कार्यसम्पादनमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिपेन्द्रको बिस्फोटक ईनिङमा नेपालले युएईलाई पाँच विकेटले हरायो



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टि–२० अन्तर्राष्टिय सिरिजअन्तर्गत नेपालले युएईलाई पाँच विकेटले पराजित गरेको छ । जितको लागि युएईले दिएको एक सय ६५ रनको मध्यम लक्ष्य नेपालले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो । नेपालको लाागि दिपेन्द्र सिंह ऐरीले बिस्फोटक ईनिङ खेले । उनले १५ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै ४० रनमा अविजित रहे ।

यस्तै, ओपनर आसिफ शेखले अर्धशतक बनाए । उनले ५० बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६२ रनको योगदान दिए । कुनैसमय २.१ ओभरमा ११/३ को स्थितीमा रहेको नेपाललाई आसिफ र कप्तान रोहित पौडेलले ९९ रनको साझेदारी गरे । रोहित ४२ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ४७ रन बनाएर आउट भए । नेपालले सुरुवाती ३ ओभरमै ओपनर कुशल भुर्तेल, सोमपाल कामी र कुशल मल्लको साथ गुमाएको थियो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६४ रन जोडेको थियो । यूएईका लागि बसिल हमिद र वृत्य अरविन्दले ४५(४५ रनको योगदान दिए ।यस्तै, आसिफ खानले १८ रन बनाउदा खालिद शाहले १२ रन बनाएका थिए ।

नेपालको लागि सोमपाल कामि र अविनाश बोहराले समान दुई विकेट लिएका थिए । यस्तै, करण केसी र गुल्सन झाले समान एक एक विकेट लिए ।

नेपाल यसअघि नै फाईनलमा पुगिसकेको छ । अब सिरिजको फाइनल शुक्रबार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । त्यसअघि बुधबार यूएई र हङकङले प्रतिस्पर्धा गर्नेछन् । नेपालको ४ खेलमा ८ अंक हुँदा यूएईको ३ खेलमा २ अंक छ । हङकङ अंकविहिन छ ।