७ श्रावण २०८३, बिहीबार
,
Latest
मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता नारायणी यातायात व्यवसायी सङ्घद्वारा मानवसेवा आश्रमलाई ५१ हजार सहयोग माईतीघरमा द्वन्द्वपीडितहरूको गुनासो: ‘सरकार भेट्न पाइएन’ दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमितको संख्या पछिल्लो चार महिनाकै उच्च



अ+ अ-

काठमाडौँ । सक्रिय कोरोना संक्रमितको संख्या पछिल्लो चार महिनाकै उच्च देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर ५ हजार ८ जना सक्रिय संक्रमित छन् । यसमध्ये १ सय जना आईसीयू र ३८ जना भेन्टिलेटरमा छन् ।
 
पछिल्लो २४ घण्टामा एन्टिजेनसहित ६ हजार ५ सय ५८ जनाको परीक्षण गर्दा ९ महिने बालिकादेखि ९६ वर्षीय वृद्धसम्मका ९ सय जनामा संक्रमण पुष्टि भएको छ । २० देखि २९ वर्ष उमेर समूहका सबैभन्दा बढी २ सय ५ जना संक्रमित भएका छन् ।

शुक्रबारको संक्रमण दर १४ दशमलव ७२ प्रतिशत छ । संक्रमण दर बुधबार १२ दशमलव ७२, बिहीबार १२ दशमलव ८६ प्रतिशत थियो । ‘संक्रमण दर बढेकाले सावधानी अपनाउन बारम्बार आग्रह गर्दै आएका छौं,’ मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने । शुक्रबार संक्रमित देखिएकामा ९ महिनादेखि १८ वर्षसम्मका मात्रै ६९ जना छन् । यसमा ३३ बालिका र ३६ बालक छन् । काठमाडौं, भक्तपुर र ललितपुरमा मात्रै ३२ जना बालबालिका संक्रमित भएका छन् ।

जोखिम कम गर्न मन्त्रालयले बिहीबार उपत्यकाका ३ सहित १४ जिल्लालाई अति प्रभावित सूचीमा राखेको थियो । ‘केही दिनयताको संक्रमण दरलाई आधार मानेर यी जिल्लामा विस्तार हुन नदिन अति प्रभावितमा वर्गीकरण गरेका हौं,’ उनले भने, ‘संक्रमित दर बढ्न नदिन यी जिल्लामा के नगर्ने भन्ने सूची नै सार्वजनिक गरेका छौं ।’ मन्त्रालयले यी जिल्लामा विद्यार्थी विद्यालय नपठाउन अभिभावकलाई अपिल गरेको छ ।

शिक्षा मन्त्रालयले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न सूचना जारी गरेको छ । कोरोनाकै कारण भक्तपुरमा ६ कक्षामा पढ्ने ११ वर्षीय बालकको ज्यान गइसकेकाले सावधानी अपनाउन र अभिभावकलाई छोराछोरी विद्यालय नपठाउन आग्रह गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘यसअघि बालबालिकामा फाट्टफुट्टमात्रै संक्रमण देखिन्थ्यो,’ डा। अधिकारीले भने, ‘दोस्रो चरणमा भने संक्रमित हुनेमध्ये बालबालिका सरदर १० प्रतिशत छन् ।’ कान्तिपुर दैनिकमा छ ।