• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

वेस्टहामविरुद्ध एस्टन भिल्लाको सानदार जित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत एस्टन भिल्लाले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा एस्टन भिल्लाले वेस्टहाम युनाइटेडलाई ४-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा भिल्लालाई सहज जित दिलाउन डुग्लास लुइजले दुई तथा ओलि वाट्कीन्स र लिओन बेलीले एक एक गोल गरे । यता, वेस्टहामका जारोर्ड बोएनले एक गोल फर्काए ।

यो नतिजासँगै एस्टन भिल्ला ९ खेलबाट १९ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ भने वेस्टहाम समान खेलबाट १४ अंकका साथ तालिकाको नवौं स्थानमा छ ।