७ असार २०८३, आईतवार
,
Latest
अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पा दुर्घटना उपडेट: मृतक छ जनाको सनाखत, चालक गम्भीर घाइते



अ+ अ-

रामपुर (पाल्पा) । पाल्पाको रानिमहलबाट सदरमुकाम तानसेन जाँदै गरेको कार रानिमहल सडकखण्डको बैकुण्ठेमा दुर्घटना हुँदा छ जनाको घटना स्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँच जना नवलपरासी (बर्दघाट सुस्ता पूव) जिल्लाका रहेका छन् । नवलपरासी देवचुली नपा–१६ रजहर का बस्ने ३६ वर्षका ईश्वरबहादुर लोहनी चालक गम्भीर घाइते भएका छन् । उनको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्त एवं प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार मृत्यु हुनेमा देवचुली–१६ रजहरका अन्दाजी ५६ वर्षकी पार्वती लोहनी, सोही ठेगानाका वर्ष ३५ की सबिता धिताल, सोही ठेगानाका ११ वर्षका सबिस लोहनी, अढाई वर्षका ईसव लोहनी र अन्दाजी ६५ वर्षका कृष्णबहादुर लोहनी रहेका छन् । अर्का एक जना लमजुङ वेसीसहर वडा नं २ भकुण्डे बस्ने अन्दाजी ५५ वर्षकी चुना धिताल रहेकी छिन् ।

आज करिब ४ बजे बजे तानसेन–१३ स्थित बैकुण्ठेभीरबाट कार १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बागमती प्रदेश ०१–०२६–७२०९ नम्बरको कार दुर्घटना भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रबक्ता एवं प्रहरी निरीक्षक चन्दले बताउनुभयो । दुर्घटना भएसँगै जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मा नेतृत्वको टोली उद्धारमा खटिएको थियो ।रासस