१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशः तीन सांसद एमालेबाट निश्कासित



अ+ अ-

सुर्खेत । नेकपा (एमाले)ले कर्णाली प्रदेशमा संसदमा माओवादी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई पार्टीबाट निश्कासित गरेको छ । 

प्रदेश कमिटीको आज बसेको बैठकले पार्टीका सांसदहरु नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको हो ।

पार्टीको ह्वीप उल्लंघन गरी जघन्य अपराधपूर्ण काम गरेको ठहरसहित उनीहरुलाई निश्कासन गरिएको बताइएको छ । अर्का सांसद प्रकाश ज्वालालाई पनि निश्कासन गर्न केन्द्रलाई पत्र पठाउने निर्णय बैठकले गरेको छ ।