५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विगतको तुलनामा यस पटक खसीबोकाको व्यापार कम छ: व्यापारी



अ+ अ-

काठमाडौँ । खसीबोका व्यापारीहरुले विगतको तुलनामा यस पटक व्यापार कम भएको बताएका छन् ।

नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा विभिन्न जिल्लाहरुबाट खसीबोका ल्याएपनि व्यापार भने उल्लेख्य नभएको गुनासो गरे । उनीहरुले दुर्गम जिल्लाहरुबाट खसी बोका किनेर नल्याउँदा काठमाडौं उपत्यकामा खसीबोका महंगो परेको बताए ।

उनीहरुले सरकारले काठमाडौं भित्रिने नै खसीबोका किनेको र दुर्गम जिल्लाहरुबाट नल्याएकाले महंगो पर्न गएको उनीहरुको भनाइ छ । एक सर्वसधारणले काठमाडौं आउने निश्चित खसीबोका नै किनेर ल्याएको र दुर्गम क्षेत्रबाट किनेर नल्याउँदा महंगो परेको बताउनु भयो । त्यस्तै पशुचौपाया खरिद बिक्री संघका उपाध्यक्ष सन्तोषबहादुर खत्रीले पहिलाको तुलनामा यस वर्ष थोरै मात्रामा मात्रे बिक्री भइरहेको बताउनु भयो ।

उहाँले मानिसहरुसँग पैसा कमी भएकाले दशैँमा चहलपहल नभएको र अरु बेलाको जस्तै मूल्य रहेको बताउनु भयो । यस वर्ष भारतबाट आयात ठप्प भएको र नेपालकै खसीबोकाहरु प्रशस्त रहेको बताउनु भयो ।

उनीहरुले रुकुम, रोल्पा, सल्यान, झापा, इलाम, भोजपुर, ओखलढुंगा, खोटाङ। काभ्रेपलाञ्चोक, धादिङ र सिन्धुपाल्चोक लगायतका जिल्लबाट खसीबोका काठमाडौं आएको बताए ।