७ असार २०८३, आईतवार
,
Latest
गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्थिरता निम्त्याउन खोज्ने विरुद्धको संकेत गण्डकी र लुम्बिनी प्रदेशमा देखिन्छ: अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको राजनीति क्लाईमेक्समा पुगेको टिप्पणी गर्नुभएको छ । 

तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएपछि सबैतिर खुसीयाली भएपनि प्रतिक्रियावादी र उघ्रगुटवादीहरुलाई सैह्य नभएको प्रसंग उल्लेख गर्दै उहाँले तीनै शक्तिको षडयन्त्रको क्वाईमेक्सको रुपमा मुलुकको राजनीति पुगेको टिप्पणी गर्नुभयो । पार्टी निकट शिक्षक संगठनको कार्यक्रममा शनिबार उहाँले प्रधानमन्त्री केपी ओली निकटका उघ्रगुटवादी,प्रतिक्रियावादी, प्रतिक्रान्तिकारी र दक्षिणपन्थी सोच भएकाले एकतासंगै सुरु गरेको षडयन्त्र एकीकरण भंग भएसंगै “क्लाईमेक्समा” पुगेको दाबी गर्नुभयो ।

उहाँले मुलुकको राजनीतिक स्थिरता देख्न नचाहने र अस्थिरता निम्त्याउन खोज्ने विरुद्धको प्रतिकारमा आफुहरु लागिरहेको भन्दै छिटै त्यसको संकेत गण्डकी र लुम्बिनी प्रदेशमा देखिने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “केपी गुटका प्रत्यक्षरुपमा संलग्न केही नेताहरु बाहेक आमरुपमा खुसीयाली थियो । नेता भेटियो भन्ने थियो । तर केपी र केपी नजिकका केही उघ्रगुटवादीहरुलाई सैह्य भएन र त्यही विन्दुबाट पार्टीभित्र चरम गुटबन्दी र हाम्रा विरुद्ध भ्रामक प्रचारवाजी र षडयन्त्र सुरु भयो । त्यसपछि प्रतिक्रियावादी , प्रतिक्रान्तिकारी र दक्षिणपन्थी सोच भएका माछेहरुले यो पार्टीलाई विभाजित गरिछाड्ने षडयन्त्र गरेको र त्यही षडयन्त्रको क्लाईमेक्सको रुपमा अहिलेको राजनीति छ ।

गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भएको र बहुमतले सरकार परिर्वतनका निम्ति अर्को मुख्य मन्त्रीको नाम सहित समावेदन प्रस्तुत गरेको छ र समर्थन फिर्ता पनि हामीले लिईसकेका छौ । लुम्बिनीमा पनि सरकार परिर्वतनका निम्ति करिब करिब बहुमतको हस्ताक्षर संकलन भईसकेको छ । अर्कोतिर केन्द्रमा अन्योल र अराजकताको स्थिति अन्त्य गर्नका लागि केन्द्रीय स्तरमा पनि हामी लगातार प्रयास गरिरहेका छन् । ”




भर्खरै