७ असार २०८३, आईतवार
,
Latest
गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी बजेटमा आइसिटी क्षेत्रलाई प्राथमिकता: अर्थमन्त्री



अ+ अ-

काठमाडौ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सू्चना तथा सञ्चार प्रविधिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आयोजित ‘कूल ग्राहस्थ उत्पादनमा टेलिकम क्षेत्रको भूमिका’ विषयक अन्तक्र्रियामा उहाँले सूचना, सञ्चार र प्रविधिका कारण अन्य क्षेत्रमा समेत विकास हुने भएकाले सो क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो ।

अर्थमन्त्री पौडेलले भन्नुभयो, “हरेक क्षेत्रमा सञ्चार क्षेत्रको महत्व बढेर गएको छ, शिक्षा, स्वास्थ्यलगायत देशको आर्थिक विकासमा यसको उत्तिकै महत्व छ, तर देशको आर्थिक वृद्धिमा टेलिकम क्षेत्रको भूमिका र यसले पु¥याएको योगदानबारे तथ्यका लागि अध्ययन गर्नुपर्ने छ ।” आजको दुनियाँमा आइसिटीको क्षेत्र फराकिलो भइरहेको सन्दर्भमा सरकार ‘डिजिटल नेपाल’ फ्रेमवर्कअनुसार नै अगाडि बढिरहेको उहाँको भनाइ छ । उहाँले सरकारले मानव जीवन सुरक्षाका निम्ति महामारीका रूपमा रहेको कोरोना भाइरसविरुद्ध तीव्ररूपमा काम गरिहेको पनि बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले आइसिटी समग्र विकाससँग जोडिने भएकाले पनि सो क्षेत्रलाई उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले डिजिटल नेपालको आकाङ्क्षा पूरा गर्ने गरी प्राधिकरण प्रत्येक नागरिकसम्म इन्टरनेट पहुँच पु¥याउन तीव्रगतिमा काम गरिरहेको जानकारी दिनुभयो । 

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले ग्रामीण क्षेत्रमा देखिएको नेटवर्कलगायत टेलिकमसँग जोडिएका विविध समस्यालाई जतिसक्दो चाँडो समाधान गर्ने बताउनुभयो । सेजनका अध्यक्ष भीम गौतमले आइसिटी क्षेत्र देशको आर्थिकसँग जोडिएको हुँदा त्यस क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिनुपर्ने माग गर्नुभयो ।




भर्खरै