काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी भन्दै निगमले पेट्रोल र डिजेल तथा मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्यबृद्धि गरेको हो ।
यसै गरी हवाई इन्धनको मूल्य पनि प्रतिलिटरमा २ रुपैयाँ वृद्धि गरी गरेर ७६ रुपैयाँ पुगेको छ ।एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको निगमबाट जारी प्रेश बिज्ञप्तिमा उल्लेख छ ।












