२२ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेश मन्त्रिपरिषद् पुनर्गठन ,फ्लोर क्रस गर्ने तीन नेतालाई मन्त्रीको पुरस्कार



अ+ अ-

 काठमाडौ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले  मन्त्रिपरिषद् पुनर्गठन भएको छ। शुक्रबार मात्र बिश्वासको मत प्राप्त गर्नुभएका मुख्यमन्त्री शाहीले नेकपा एमालेको ह्वीप उल्लंघन गर्ने तीन जना सांसदलाई  मन्त्रिपरिषद्मा समाबेश गर्नुभएको हो ।  

नब गठित मन्त्रिमण्डलमा नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री ,अमर बहादुर थापालाई भौतिक पूर्वाधार मन्त्री र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा  कुर्मराज शाहीलाई नियुक्त गर्नुभएको छ । एमाले बाट प्रदेश शभामा निर्बाचित तीनै जनालाई पार्टीले कारबाही गर्दे सांसद तथा पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको थियो ।