• २८ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 10 2024
  •   Unicode
Logo
Latest
★   वायु सेवा निगमकी वरिष्ठ क्याप्टेन भावना पन्तको निलम्बन फुकुवा ★   युवतीको अश्लिल भिडियो बनाएको आरोपमा दुई पक्राउ ★   कर्माचार्य ग्रुपद्वारा उत्पादित ‘क्रन्च’ ब्राण्डको वेफर बजारमा ★   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सङ्कटकालीन अभ्यास ★   राजदुतलाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पुगेन: प्रधानमन्त्री ★   वर्तमान सत्ता गठबन्धन पूरा कार्यकाल जान्छः प्रधानमन्त्री ★   ५१ सालमा नेपाली काङ्ग्रेसले गरेको सांसद किनबेचको दोस्रो रूप देखियो: खगराज अधिकारी ★   अस्पतालमा अनियमितता गर्नेहरु केही दिनभित्रै कारबाहीमा पर्छन्ः मन्त्री यादव ★   ‘एसइईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्नेगरी काम भइरहेको छ’ ★   सरकारले मुलुकमा सुशासन दिन सकेको छैनः शेखर कोईराला

एनआरएनएको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार



काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वले आजदेखि कार्यभार सम्हालेको छ ।

कार्यभार सम्हालेपछि नवनिर्वाचित अध्यक्ष डा बद्री केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक भएको थियो । यद्यपि बैठकका निर्णय सार्वजनिक गरिएको छैन ।

त्यसअघि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन समितिले नयाँ नेतृत्वलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेर पद तथा गोपनीयताको शपथ गराएको थियो ।

सूचना प्रविधिसम्बन्धी अडिट गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट निर्वाचन विवाद अडिट गराइ प्राप्त हुने प्रतिवेदनलाई आफूहरुले स्वीकार गर्ने नवनिर्वाचि अध्यक्ष केसीले बताउनुभएको छ । अध्यक्ष केसीको यो प्रतिबद्धतासँगै निर्वाचनसम्बन्धी विवाद निरुपण भएको छ । रासस