• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी ★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सङ्कटकालीन अभ्यास



काठमाडौँ : विमान दुर्घटना भएमा के गर्ने भन्ने विषयमा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सङ्कटकालीन पूर्ण अभ्यास गरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो १ बजे हवाई उडान तथा सुरक्षा मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा विमान दुर्घटनासम्बन्धी पूर्णकालीन पूर्वअभ्यास गरिएको हो ।

विमानस्थलका प्रवक्ता सुवास झाल सङ्कटकालीन अवस्था वा दुर्घटनाका बेला जनधनको क्षति न्यून गराउने र छिटोभन्दा द्धिटो विमानस्थलको सञ्चालन गराउने सम्बन्धमा सचेतना र सतर्कता अभिवृधिका लागि अभ्यास गराइएको बताउनुभयो । यस कार्यले सङ्कटको अवस्थामा सहभागी हुने विभिन्न निकायबीच सहयोग अभिवृद्धि, सहभागी निकायहरुले निर्वाह गने भूमिका तथा जिम्मेवारीको मूल्याङ्कन गरी सम्बद्ध पक्षको क्षमता अभिवृद्धि गराउन भूमिका खेल्ने उहाँको भनाई छ ।

यसैगरी अभ्यासको सिलसिलामा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँको मुस्लोका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देखिएको थियो । हवाई उडान तथा सुरक्षा, मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायको सहभागितामा विमानस्थल सङ्टकालीन योजनाअनुसार गरिने अभ्यासमध्ये विमानस्थलमा विमान दुर्घटनासम्बन्धी पूर्णकालीन अभ्यास गरिएको प्रवक्ता झाले बताउनुभयो ।

यो अभ्यास अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्ड तथा यस विमानस्थलको ‘एयरपोर्ट इमर्जेन्सी प्लान’अनुसार गरिने योजनाबद्ध अभ्यास भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो । विमानस्थल सङ्कटकालीन योजनाको अभ्यास गर्नुपर्ने आइकाओको मापदण्ड तथा यस विमानस्थलको संकटकालीन योजनाअनुसार गरिने योजनाबद्ध अभ्यास भएको उहाँले बताउनुभयो ।

विमानस्थल धावनमार्गको पूर्वपट्टि चौरमा डेमो विमानमा दुर्घटनापछि यात्रु तथा चालकको उद्धारसम्बन्धी पूर्णकालीन अभ्यास गरिएको थियो । अभ्यासका क्रममा पाँचवटा अन्तर्राष्ट्रिय उडानका जहाज आकाशमा ‘होल्ड’ भएका थिए । उक्त अभ्यासको अवलोकन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक प्रदीप अधिकारी, सुरक्षाकर्मीलगायत अधिकारीहरुको उपस्थिति थियो ।रासस

तस्बिर : विमलबहादुर विष्ट/रासस