११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

५१ सालमा नेपाली काङ्ग्रेसले गरेको सांसद किनबेचको दोस्रो रूप देखियो: खगराज अधिकारी

५१ सालमा नेपाली काङ्ग्रेसले गरेको सांसद किनबेचको दोस्रो रूप देखियो: खगराज अधिकारी
अ अ+ अ-

जेठ २८, पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिएका छन् ।

माओवादीका चुनाव चिन्ह हँसिया हथौडा बाट चुनाव जितेका गोरखाका सांसद फडिन्द्र देवकोटाले संसदीय दलको ह्विप विपरीत सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि तत्कालका लागि पाण्डे नेतृत्वको गण्डकी सरकार आयु लम्बिएको छ ।

सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्रीमा नियुक्त भएका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । ६० सदस्य प्रदेश सभामा मुख्यमन्त्री पाण्डेको पक्षमा ३१ संसद्ले समर्थन गरेका हुन् ।

नेकपा माओवादी केन्द्र संसदीय दलको ह्विप विपरीत हँसिया हथौडा चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टीका सांसद फडिन्द्र देवकोटाले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत लिन सहज भयो ।

यस अघि एमालेका खगराज अधिकारीले विश्वासको मत लिने क्रममा पक्ष(विपक्ष कतै पनि मतदान नगरेका राप्रपाका दुई सांसद् पनि यो पटक मुख्यमन्त्री पाण्डेको पक्षमा देखिए । एमालेका २२ र माओवादीका ६ गरी २८ सांसदले विश्वासको प्रस्तावमा विपक्षमा मतदान गरेका थिए ।

संसदीय दलको ह्विप उलंघन गर्दै फडिन्द्र देवकोटाले विश्वासको मत दिन लागेपछि एमाले र माओवादीका सांसदले संसदमै नाराबाजी गरेका थिए ।

संसद बैठक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले सुरेन्द्रराज पाण्डेले लिएको विश्वासको मतलाई २०५१ सालमा नेपाली कांग्रेसले गरेको सांसद किनबेच र पजेरो काण्डको दोस्रो रूपको संज्ञा दिएका छन् ।

राप्रपाका सांसद पञ्चराम गुरुङले केन्द्रीय सत्ता समीकरण परिवर्तन हुँदा प्रदेशमा छाप नपरोस् भनेर केन्द्रीय गठबन्धनको विपक्षमा मुख्यमन्त्री पाण्डेलाई समर्थन गरेको बताएका छन् ।

यता संसदीय दलको ह्विप विपरीत मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका फडिन्द्र देवकोटाले आफ्नो संसदीय दल माओवादी भएपनि पार्टी भने बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नै भएकाले तथा स्थायी सरकारका निम्ति मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएको सञ्चारकर्मीलाई बताए ।

सांसद देवकोटाले ह्विप उलंघन गरेको भन्दै माओवादीले कारवाही गर्ने चेतावनी दिएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका लागि हालको राजनीतिक फड्को टरे पनि सरकार टीकाई राख्न चुनौतीका थुप्रै पहाडहरू छन् ।

माओवादीले फडिन्द्र देवकोटालाई कारवाही गरेको अवस्थामा उनले फेरि विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसैले गण्डकी प्रदेशमा राजनीतिक अस्थिरताको अन्त्य भइसक्यो भनेर अहिलेनै ठोकुवा गर्नु किमार्थ सत्य हुँदैन ।