७ श्रावण २०८३, बिहीबार
,
Latest
मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता नारायणी यातायात व्यवसायी सङ्घद्वारा मानवसेवा आश्रमलाई ५१ हजार सहयोग माईतीघरमा द्वन्द्वपीडितहरूको गुनासो: ‘सरकार भेट्न पाइएन’ दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई सघाउने/नसघाउनेबारे जसपामा सांसदको कित्ताकाट हुँदै



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा केपी शर्मा ओली नेतृत्वको सरकारसँग सत्तासाझेदारी गर्ने कि अन्य दलसँग भन्ने विवाद उत्कर्षमा पुगेका बेला दुवै पक्षबाट पार्टीका सांसद को कता लाग्छन् भन्ने गणना सुरु भएको छ । संघीय प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन् ।

जसमये दुई सांसद हरिनारायण रौनियार र रेशम चौधरी निलम्बित छन् । बाँकी ३२ सांसदमध्ये पूर्वराजपाबाट निर्वाचित १६ र पूर्वसमाजवादी पार्टीबाट निर्वाचित १६ जना छन् । गत वर्ष यी दुई पार्टी मिलेर जसपा बनेको हो । जसपाभित्रको दुई लाइन विवादमा पूर्वराजपा खेमाका केही सांसदले पूर्वसमाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र पूर्वसमाजवादीका केही सांसदले पूर्वराजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरलाई साथ दिएका छन् । जसपामा यादव र ठाकुर दुवै अध्यक्ष छन् ।

ओलीसँग मिल्नुपर्छ भन्ने लाइनको नेतृत्व ठाकुरले र कुनै पनि अवस्थामा ओलीसँग मिल्नु हुँदैन भन्ने समूहको नेतृत्व यादवले गरेका छन् । पूर्वराजपा अध्यक्षमण्डलका ६ जनामध्ये महेन्द्र यादवले उपेन्द्रलाई साथ दिएका छन् । नागरिक दैनिकमा समाचार छ ।