७ श्रावण २०८३, बिहीबार
,
Latest
मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता नारायणी यातायात व्यवसायी सङ्घद्वारा मानवसेवा आश्रमलाई ५१ हजार सहयोग माईतीघरमा द्वन्द्वपीडितहरूको गुनासो: ‘सरकार भेट्न पाइएन’ दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल हुँदै तेस्रो मुलुक जाने भारतीयबाट संक्रमण फैलने खतरा



अ+ अ-

काठमाडौं । छिमेकी मुलुक भारतमा यतिखेर कोरोना संक्रमण काबुभन्दा बाहिर गएको छ । छिमेकी राष्ट्रमा कोरोनाको कहर थेग्न नसक्ने अवस्थामा पुगेसँगै जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले नेपालमा पनि त्यसको भयावह असर पर्ने चिन्ता व्यक्त गरिसकेको छ । सरकारले कोरोनाको संक्रमणको प्रमुख खतरालाई भने बेवास्ता गरिरहेको छ ।भारतले विदेशमा जाने हवाई उडानहरू बन्द गरेदेखि नै वैदेशिक रोजगारीमा रहेका भारतीयहरू नेपाल भएर पुनः काममा फर्कन थालेका छन् ।

गत फेब्रुअरीदेखि नै काठमाडौंस्थित भारतीय दूतावासमा ‘नो अब्जेक्सन लेटर’ अर्थात् ‘एनओसी’ लिनेहरूको थेग्नै नसकिने भीड लागेको छ । स्रोतका अनुसार फेब्रुअरीदखि अहिलेसम्म करिब २५ हजार भारतीय कामदारहरू काठमाडौंस्थित भारतीय दूताबासबाट एनओसी लिएर आफ्नो विदेशी कर्मथलोमा फर्किसकेका छन् । अझै पनि करिब २ लाख ५० हजार भारतीय कामदार तेस्रो गन्तव्य राष्ट्रका लागि नेपाल भित्रिने अनुमान गरिएको छ ।

अझै पनि भारतको अति संक्रमित दिल्लीबाट दैनिक ५ सयभन्दा बढी भारतीय कामदार काठमाडौं आउने गरेका छन् भने सीमा क्षेत्रबाट वैध तथा अवैधरूपमा भित्रिनेहरूको संख्या त गणनामै आउन सकेको छैन । सिंगापुर, चीन, साउदी अरेबियालगायतका राष्ट्रमा करोडौंको संख्यामा भारतीय कामदार कार्यरत छन् । भारतीय दूतावासमा एनओसी लिनेको भीड यति धेरै छ कि सातामा २ दिन शनिबार र आइतबार बन्द रहने दूतावासको कन्सुलर सेक्सन भने सातै दिन व्यस्त रहन्छ ।

दूतावासले नेपालमा पनि कोभिड–१९ को संक्रमण बढ्दै गएकाले कन्सुलर सेवा प्रभावित भएको सूचना जारी गरे तापनि तेस्रो राष्ट्र जानेहरूलाई एनओसी दिने कार्य भने रोकेको छैन । दूताबास परिसरभित्र कोभिडसम्बन्धी स्वास्थ्य मापदण्ड पालना गरे तापनि दूतावासबाहिरको भीड भने अनियन्त्रित छ । केही दिनअघि उक्त भीडलाई नियन्त्रण गर्न दूतावासमा खटिएका सुरक्षाकर्मीले लाठीचार्जसमेत गर्नुपरेको थियो । नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।