२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङलाई ७९ रनले हराउँदै नेपाल फाइनलमा



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गतको तेस्रो खेलमा हङकङलाई ७९ रनले हराउँदै नेपाल फाइनलमा पुगेको छ । नेपाल एक खेल आगवै फाईनलमा पुगेको हो ।

जितको लागि नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनायो । हङकङको लागि अंशे रथले सर्वाधिक ४५ रन बनाए । उनीे ६ चौका प्रहार गर्दै दिपेन्द्र सिंह ऐरीको बलमा आउट भए । यस्त,ै एजाज खानले २५ र बाबर हायतले २० रन बनाउदा ओपनर मार्टिन कोट्जि पहिलो बलमै गोल्डेन डक आउट भए ।

नेपालको लागि करण केसिले ४ ओभरमा एक मेडनसहित २५ रन खर्चेर दुई विकेट लिए । यस्तै सोमपाल कामि र ललित राजवंशीले समान दुई दुई विकेट लिदा दिपेन्द्र सिह ऐीले एक विकेट लिए ।

त्यसअघि माथिल्लो मुलपानि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो। पाँचौ विकेटका लागि कुशल मल्ल र दीपेन्द्रले १ सय ४५ रनको साझेदारी गरेका थिए । कुशलले आफ्नो करिअरको दोस्रो अर्धशतक बनाउने क्रममा ९ छक्का सहित ९२ रनको आक्रामक इनिङ खेले । ४१ बलको सामना गरेका उनले ३ चौका समेत प्रहार गरेका थिए । यता, दीपेन्द्रले सातौं अर्धशतक बनाउने क्रममा ५७ रनको इनिङ खेले । उनले ३३ बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए ।

हङकङका लागि मोहमद घजन्फ़रले २ विकेट लिएका थिए भने आयुष शुक्ला, हरुन अर्षद र एजाज खानले १-१ सफलता हात पारे ।

नेपालले पहिलो खेलमा यूएईलाई ७ विकेट र दोस्रो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो । आजको जितसँगै नेपाल ६ अंक जोड्दै शीर्षस्थानमा रहेर फाइनल पुगेको हो । अब नेपालले आफ्नो अन्तिम खेल सोमबार यूएईसँग खेल्नेछ । यूएई र हङकङले आइतबार र बुधबार एक आपसमा खेल्नेछन् । फाइनल शुक्रबार हुनेछ ।




भर्खरै