• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   आईपीएल प्लेअफ कहाँ र कुन–कुन टीमबीच हुँदैछ ? यस्तो छ फाइनल सम्मको समीकरण ★   काँग्रेसको अवरोधपछि मंगलवारसम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित ★   चौंथोपटक विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्ड – फोटोफिचर ★   हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रइसीसहित नौ जनाको मृत्यु भएको पुष्टि ★   संसद् बैठकपछि कांग्रेसले बोलायो संसदीय दलको बैठक ★   को हुन् हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका इरानी राष्ट्रपति रइसी जसको निधनले विश्व हल्लाएको छ ★   सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडा मरे ★   प्रदीप खड्का: रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म ★   प्रधानमन्त्रीले माग्नुभएको विश्वासको मतविभाजनमा यस्तो देखियो – फोटोफिचर ★   हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु भएको पुष्टि

हार्दिकले न्युजिल्यान्डविरुद्धको खेल गुमाउने



एजेन्सी । भारतका स्टार अलराउन्डर हार्दिक पाण्ड्या अक्टोबर २२ मा धर्मशालामा हुने भारतको न्युजिल्यान्डविरुद्धको खेलबाट बाहिरिएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले यसबारेमा अपडेट जारी गरेको छ ।

हार्दिकको स्वास्थ्य अपडेट दिँदै, बीसीसीआईले भन्यो – पुणेको महाराष्ट्र क्रिकेट एसोसिएशन स्टेडियममा बंगलादेश विरुद्ध भारतको खेलमा आफ्नै बलिङमा फिल्डिङ गर्ने क्रममा टीम इन्डियाका उपकप्तान हार्दिक पाण्ड्याको बायाँ खुट्टामा चोट लागेको थियो । अलराउन्डरलाई स्क्यानका लागि लगिएको थियो र उनलाई आराम गर्न सल्लाह दिइएको छ । उनी बीसीसीआईको मेडिकल टिमको निरन्तर निगरानीमा रहनेछन् । उनी अक्टोबर २० मा टोलीसँग धर्मशाला जाने छैनन् र अब सिधै लखनउमा टोलीमा सामेल हुनेछन् जहाँ भारतले इंग्ल्याण्डसँग खेल्नेछ ।

हार्दिकलाई बैंगलोर लगिनेछ, किनकि उनलाई एनसीएमा रिपोर्ट गर्न भनिएको छ । त्यहाँ बेलायतका विशेषज्ञ चिकित्सकले उनको उपचार गर्नेछन् । रिपोर्टका अनुसार उनलाई इन्जेक्सन दिइनेछ । खेलमा चोट लागेपछि हार्दिकलाई स्क्यानका लागि लगिएको थियो । पछि उनी टोलीमा आए तर पूरा खेल खेल्न सकेनन् ।

मेडिकल टोलीले उनको घुँडाको स्क्यान रिपोर्टको मूल्याङ्कन गरेको थियो र इन्जेक्सन लगाएपछि निको हुने महसुस गरेको थियो । जानकारीका अनुसार बीसीसीआईले इङ्ल्यान्डका एक विशेषज्ञ डाक्टरसँग सल्लाह गरेको थियो र उनको पनि त्यही राय थियो । यस्तो अवस्थामा उनलाई एक खेल आराम दिइएको छ । तर, अब टिम व्यवस्थापनले न्युजिल्यान्डविरुद्धको खेलका लागि उनको रिप्लेसमेन्ट र टिम कम्बिनेसनको बारेमा धेरै सोच्नुपर्नेछ ।

बंगलादेशविरुद्धको खेलमा हार्दिकले लिटन दासको प्रहार दाहिने खुट्टाले रोक्न खोजेका थिए । यस क्रममा उनले आफ्नो सन्तुलन गुमाए र उनको देब्रे खुट्टा गलत तरिकाले टेकियो । यसपछि मैदानबाट उठ्दा उनी निकै पीडाले लङ्गडाइरहेका देखिन्थे । केही समयपछि फिजियोलाई फिल्डमा बोलाइयो । यस क्रममा उनीसँगै दुई सिनियर खेलाडी विराट कोहली र कप्तान रोहित शर्मा पनि थिए । फिजियो आएपछि खेल करिब पाँच मिनेट रोकिएको थियो ।

न्युजिल्यान्डविरुद्ध हार्दिक नखेल्ने भए शार्दुललाई आराम र फास्ट बलर मोहम्मद शामीलाई खेलाउन सकिन्छ, किनभने धर्मशालाको पिच फास्ट बलरका लागि उपयोगि छ । साथै, हार्दिकको स्थानमा ब्याट्सम्यान सूर्यकुमार यादवलाई मौका मिल्न सक्छ ।

३० वर्षीय हार्दिकको यो विश्वकपमा अहिलेसम्मको प्रदर्शनको कुरा गर्दा उनले चार खेलमा पाँच विकेट लिएका छन् । यस अवधिमा उनको इकोनोमी रेट ६.८४ रहेको छ । उत्कृष्ट प्रदर्शन ३४ रनमा २ विकेट रह्यो । योसँगै उनले अष्ट्रेलियाविरुद्ध एक पटक मात्र ब्याटिङ गर्ने मौका पाएका थिए । उक्त खेलमा उनी ११ रन बनाएर अविजित रहे । हार्दिकको समग्र एकदिवसीय करियरको बारेमा कुरा गर्दा, हार्दिकले ८६ एकदिवसीय खेलमा ८४ विकेट लिएका छन् । साथै ११ अर्धशतकको सहयोगमा १७६९ रन बनाएका छन् ।