• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

बिहानै उठेर यस्ता कार्य गर्नुस् तपाईको भाग्य चम्किन्छ !



एजेन्सी । तपाई बिहान उठेर के-के गर्नुहुन्छ ? यस्ता कामहरु गर्नुभएको छैन भने अब देखि बिहान बिहान यस्ता कार्यहरु गर्नुहोस् ।

तपाईको घरमा कहिल्यै पैसाको कमी हुने छैन । भाग्य चम्किने छ । घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।

ज्योतिष विज्ञानका अनुसार मानिसहरुले त्यस्ता पुराना परम्पराहरुको ध्यान आज पनि राखेमा त्यसबाट सकरात्म कफलहरु पाइन्छन । बिहान सबेरै यस्ता परम्परागत काम गर्नाले घरमा लक्ष्मीको साथमा अन्य सबै देवीदेवताहरुको कृपा पाइन्छ ।

बिहान बिहानै हत्केला हेर्नुहोस्ः
बिहान उठ्ने बित्तिकै आफ्नो हत्केला हेर्नुहोस् । मान्यता यो छ कि यो काम गर्नाले महालक्ष्मी, सरस्वतीको साथमा भगवान् विष्णुको कृपा समेत मिल्छ ।

मन्दिर सफा राख्नुहोस्ः
घरको मन्दिरमा मुर्ति र पुजाको सामान सही ढंगले सजाएको हुनपर्छ । यसबाट देवीदेवता प्रशन्न हुन्छन् र कुन्डलीको दोष पनि शान्त हुनसक्छ ।

बिहानै भूमिलाई प्रणाम गर्नुहोस्ः
बिहान पलङबाट खुट्टा भुँईमा राख्नभन्दा पहिले भूमिलाई प्रणाम गर्न पर्छ । साथमा क्षमा पनि माग्नुपर्छ किनभने धर्तीमा खुट्टा राख्नाले हामीलाई दोष लाग्छ ।

गाईलाई रोटी खुवाउनुहोस्ः
सधै बिहान जब रोटी बनाउनुहुन्छ तब पहिलो रोटी गाईको लागि छुट्याउनुहोस् । तपाईको घर वरपर गाई छ भने त्यो रोटी गाईलाई खुवाउनुहोस ।